singel post top banner

हिउँले रोकियो कोरला नाका : १,७०० विद्युतीय गाडी जाँचपासको पर्खाइमा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक २०, २०८३
9 Views
हिउँले रोकियो कोरला नाका : १,७०० विद्युतीय गाडी जाँचपासको पर्खाइमा
समाचार सारांश
  • पोखरा ।
  • कालीगण्डकीमा असोज ११ गते आएको बाढीले क्षति पुर्‍याएको बेनी–कोरला सडक मर्मतपछि खुले पनि उपल्लो मुस्ताङमा परेको बाक्लो हिउँका कारण कोरला नाकाको आवागमन फेरि प्रभावित भएको छ।

पोखरा । कालीगण्डकीमा असोज ११ गते आएको बाढीले क्षति पुर्‍याएको बेनी–कोरला सडक मर्मतपछि खुले पनि उपल्लो मुस्ताङमा परेको बाक्लो हिउँका कारण कोरला नाकाको आवागमन फेरि प्रभावित भएको छ। नाकाबाट १४ किलोमिटर वरको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङदेखि दशगजा क्षेत्रसम्म सडकमा हिउँ जम्दा यातायात सहज हुन सकेको छैन।

गाउँपालिकाको नेतृत्वमा चार दिनदेखि हिउँ पन्छाउने काम भइरहेको छ। तर हिउँ हटाएपछि पनि चिसोले पानी जम्ने र सडकमा फेरि अवरोध हुने गरेको छ।

‘चार दिन भइसक्यो हिउँ पन्छाउन थालेको। हिउँ फाल्यो, फेरि जमिहाल्छ। हिउँ फाल्दै गाडी पठायो, फेरि रोकिइहाल्छ,’ लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले भने, ‘रसुवा नाकापछि यो नाका विकल्प बनेको थियो। कहिले बाढीपहिरोले समस्या पार्छ, कहिले हिउँले छेक्छ।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलका अनुसार कालीगण्डकीको बाढीले बिगारेको सडक मर्मतपछि बेनीदेखि कोरलासम्मको सडक खुलेको छ। अहिले नाकामा हिउँ र चिसोका कारण आवागमन पूर्ण रूपमा सहज हुन नसकेको उनले बताए।

‘हिउँ फाल्यो, फेरि पानी जमिहाल्दो रहेछ। अन्त ठूलो समस्या छैन, तर कोरलामा हिउँ र चिसोले पूर्ण रूपमा चल्न दिइरहेको छैन,’ पोखरेलले भने। नाका सञ्चालन सहज बनाउन गाउँपालिका, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दैनिक काम गरिरहेको उनले बताए।

हिउँ पन्छाउन चीनको बुल्डोजर

हिउँ हटाउने काममा चीनको झोङ्बा काउन्टी जनसरकारले बुल्डोजर उपलब्ध गराएको छ। गाउँपालिकाको आग्रहमा प्राप्त बुल्डोजर र गाउँपालिकाकै उपकरण प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए।

‘चिसोले पनि बिस्तारै समस्या पार्छ। तर बिहीबारदेखि धेरै सहज हुने विश्वास छ,’ हिउँ पन्छाउने काममा आफैं खटिएका गुरुङले भने।

चक्रवातको प्रभावका कारण कोरलामा दुई फिटसम्म हिउँ परेको थियो। गाउँपालिका अध्यक्ष गुरुङका अनुसार नाकाक्षेत्रमा तापक्रम माइनस ५ देखि माइनस ११ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। चिसोका कारण गाडी स्टार्ट गर्नसमेत कठिनाइ हुने गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्मका प्रमुख दीपक कोइरालाले बताए।

१,७०० गाडी जाँचपासको पर्खाइमा

अहिले नेपालतर्फ कोरला नाकामा १ हजार ७०० वटा गाडी जाँचपासको पर्खाइमा छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्मका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म कोरला नाकाबाट ७ हजार १०० विद्युतीय गाडी नेपाल भित्रिएका छन्।

रसुवागढी नाका भोटेकोशीको बाढीले अवरुद्ध भएपछि कोरला नाकाबाट आयात बढेको थियो। कालीगण्डकीको बाढीले बेनी–कोरला सडकमा क्षति पुर्‍याएपछि केही समय नाका प्रभावित भयो। सडक मर्मत गरी नाका खुलेयता ४ हजार ४३७ गाडी नेपाल भित्रिएको पौडेलले बताए।

कोरला नाकाबाट मुख्यतः विद्युतीय गाडी, लत्ताकपडा र अन्य चिनियाँ उत्पादन आयात हुन्छन्। तर हिउँ र चिसोले सवारीसाधन तथा मालवाहक कन्टेनरको आवतजावतमा अवरोध पुर्‍याउने गरेको छ। पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष नाकाबाट बढी गाडी आएका छन्।

व्यापार बढे पनि पूर्वाधार अपुग

रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि कोरला नाकाको व्यापारिक महत्त्व बढेको छ। तर व्यापार र राजस्व संकलन बढ्दै गए पनि नेपालतर्फ आवश्यक पूर्वाधार निर्माण हुन नसकेको स्थानीय सरकार र सरोकारवालाको गुनासो छ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ स्थित नेपाल–चीन सीमामा अध्यागमन कार्यालयका लागि १० कोठे प्रिफ्याब भवन निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकारले बनाएको भवनको २०८१ कात्तिक १४ गते तत्कालीन गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका थिए। भवनसँगै नाकामा विद्युत् र सञ्चार सुविधा विस्तार गरिएको थियो।

तर उद्घाटनपछि अध्यागमन कार्यालय लामो समय नियमित सञ्चालनमा आउन सकेन। २०८२ वैशाखसम्म कार्यालयमा ताला लागेको थियो। त्यसपछि २०८२ कात्तिक २१ गतेदेखि सेवा पुनः सुरु भए पनि कार्यालय नियमित रूपमा सञ्चालन हुन नसकेको स्थानीयको भनाइ छ।

सीमाक्षेत्रमै भन्सार, क्वारेन्टाइन र अन्य सरकारी कार्यालय छैनन्। मुस्ताङ भन्सार कार्यालय सीमाबाट करिब १३ किलोमिटर तल लोमान्थाङ–४, नेचुङमा छ। त्यहाँ पुराना पाँच भवनबाट भन्सारको काम भइरहेको छ। कर्मचारी बस्न र कार्यालय सञ्चालन गर्न पर्याप्त पूर्वाधार छैन।

‘यहाँ आएर काम गर्नै सकस छ. चिसो र हिउँका कारण धेरै कुरामा कठिनाइ हुन्छ, तर सरकारले सुविधा उपलब्ध गराउनेतिर ध्यान दिन सकेको छैन,’ भन्सार कार्यालयका एक कर्मचारीले भने। उनका अनुसार भन्सार कार्यालय अहिले प्रमुखविहीन छ।

सीमामा क्वारेन्टाइनका लागि भवन बने पनि त्यसमा प्रहरी बसेका छन्। कोरला नाकामा एकीकृत भन्सार र सुख्खा बन्दरगाह निर्माण गर्ने योजना अघि सारिएको वर्षौं भइसकेको छ। त्यसका लागि सीमाक्षेत्रमा करिब एक हजार रोपनी जग्गा प्राप्त गरिएको विवरण सार्वजनिक भए पनि स्थायी संरचना निर्माणको काम अघि बढ्न सकेको छैन।

बाढी र हिउँका कारण पटक–पटक अवरुद्ध भइरहेको कोरला नाकालाई भरपर्दो व्यापारिक मार्ग बनाउन सडकसँगै सीमाक्षेत्रका सरकारी कार्यालय र आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने स्थानीयको माग छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल यातायात विभागले इन्धन मूल्य घटेसँगै भाडादर समायोजनको तयारी, व्यवसायी र उपभोक्ताबीच छलफल जारी
नेपाल यातायात विभागले इन्धन मूल्य घटेसँगै भाडादर समायोजनको तयारी, व्यवसायी र उपभोक्ताबीच छलफल जारी
राष्ट्रपति पौडेलको जापान भ्रमण: ७० वर्षको कूटनीतिक सम्बन्धको सम्झनामा विशेष समारोहहरू
राष्ट्रपति पौडेलको जापान भ्रमण: ७० वर्षको कूटनीतिक सम्बन्धको सम्झनामा विशेष समारोहहरू
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
धनुषामा: लुटपाट र मिटरव्याज पीडित महिलाको बीभत्स हत्या
धनुषामा: लुटपाट र मिटरव्याज पीडित महिलाको बीभत्स हत्या
बागमती प्रदेशको राजधानीका लागि जग्गा र रुख कटान प्रक्रिया अन्तिम चरणमा
बागमती प्रदेशको राजधानीका लागि जग्गा र रुख कटान प्रक्रिया अन्तिम चरणमा
कोशी प्रदेश सरकारले विशाल खर्च कटौती गर्दै, साढे सात अर्बको बचत हासिल!
कोशी प्रदेश सरकारले विशाल खर्च कटौती गर्दै, साढे सात अर्बको बचत हासिल!
सप्तरी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु ७.४२ अर्ब राजस्व सङ्कलन
सप्तरी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु ७.४२ अर्ब राजस्व सङ्कलन
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ चितवनमा आयोजना हुने
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ चितवनमा आयोजना हुने
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
वडाध्यक्ष र पत्रकारबीच झडप, प्रहरी नियन्त्रणमा लिइएको पत्रकार ऐश्वर्या कुँवर
वडाध्यक्ष र पत्रकारबीच झडप, प्रहरी नियन्त्रणमा लिइएको पत्रकार ऐश्वर्या कुँवर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?