वीरगञ्जमा १० लाख ५१ हजारको भन्सार छलीका सामान बरामद
- वीरगञ्ज ।
- पर्सा प्रहरीले वीरगञ्जबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि, लत्ताकपडा र पशुचौपाया बरामद गरेको छ।
वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि, लत्ताकपडा र पशुचौपाया बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२५, खाल्वाबाट २ लाख ३१ हजार ६०४ रुपैयाँ मूल्यका विभिन्न प्रकारका औषधि बरामद गरिएको हो। भारतबाट भन्सार छली गरी नेपाल ल्याइएका ती औषधि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट ५ लाख ५९ हजार ८२० रुपैयाँ मूल्यका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको छ। सोही क्रममा २ लाख ५० हजार रुपैयाँ मूल्यको एउटा भैँसी र १० हजार रुपैयाँ मूल्यको एउटा खसी पनि नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए।
दुवै घटनाबाट बरामद भएका औषधि, लत्ताकपडा र पशुचौपायाको कुल मूल्य १० लाख ५१ हजार ४२४ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






