singel post top banner

मिथिला क्षेत्रमा दसैँ सुरु: शक्तिपीठमा घटस्थापना, ४० स्थानमा दुर्गा मेला

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन २५, २०८३
44 Views
मिथिला क्षेत्रमा दसैँ सुरु: शक्तिपीठमा घटस्थापना, ४० स्थानमा दुर्गा मेला
समाचार सारांश
  • महोत्तरी ।
  • नेपालीको राष्ट्रिय चाड दसैँ आजदेखि सुरु भएको छ।

महोत्तरी । नेपालीको राष्ट्रिय चाड दसैँ आजदेखि सुरु भएको छ। मिथिला क्षेत्रमा दसैँलाई ‘दशहरा’ अर्थात् शारदीय नवरात्रका रूपमा मनाइने भएकाले गाउँदेखि सहरसम्म चहलपहल बढेको छ।

शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका लागि महोत्तरीका देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरमा पूजा–आराधना सुरु भएको छ। देवी दुर्गाको महिमासम्बन्धी भजनले मन्दिर र बस्तीहरू गुञ्जायमान भएका छन्।

मिथिला क्षेत्रमा वर्षमा दुई नवरात्र मनाउने चलन छ। असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई वासन्ती नवरात्र भनिन्छ। दुवै नवरात्र प्रचलनमा भए पनि मिथिलामा ‘दशहरा’ भन्नाले शारदीय नवरात्रलाई बुझिने मैथिली संस्कृतिविद् ध्रुव रायले बताए।

घटस्थापनाका लागि मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा बिहानैदेखि कलशयात्राको तयारी गरिएको छ। मिथिला परम्पराअनुसार अविवाहित किशोरीले धार्मिक महत्त्वका नदी तथा तलाउबाट नयाँ घडामा पवित्र जल ल्याउँछन्। उक्त जलले देवीका प्रतिमा र मन्दिर परिसर सिञ्चित गरेपछि कलश स्थापना गरी घटस्थापना विधि पूरा गरिन्छ।

महोत्तरीका औरही–७ स्थित सोनासती (सोनामाई) स्थान, बर्दिबास–४ को पञ्चधुरा माईस्थान, जलेश्वर–१ को सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याले कलशयात्रा गर्ने तयारी छ। उनीहरूले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड र भार्गवसरलगायत धार्मिक महत्त्वका जलाशयबाट पवित्र जल ल्याएर मन्दिरमा पुर्‍याउनेछन्।

यस वर्ष तिथिको घटबढका कारण नवरात्र १० दिनको परेको छ। मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गअनुसार आज सुरु भएको नवरात्र आगामी कात्तिक ३ गते मङ्गलबारसम्म चल्नेछ। मिथिला क्षेत्रमा चाडपर्व, लग्न र मुहूर्त निर्धारण गर्न यी पञ्चाङ्ग प्रयोग गर्ने चलन छ।

महोत्तरीका विभिन्न स्थानमा निर्माण गरिएका दुर्गा प्रतिमास्थलमा पनि कलशयात्रासहित घटस्थापना गरिँदै छ। मन्दिरहरूमा जौ, तिल, गहुँ, धान र मकैको जमरा राख्ने तयारी छ। जिल्लाका ४० स्थानमा दुर्गा मेला आयोजना गरिएको छ। सोनामाई, जलेश्वर, मटिहानी, रामगोपालपुर, गौशाला र सीतापुरबजारका मेला विशेष मानिन्छन्।

मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई र सोनामाई, सप्तरीका सकरा भगवती, कङ्कालिनी माई र छिन्नमस्ता, जनकपुरको राजदेवी मन्दिर तथा बाराको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन्।

मैथिल हिन्दू परम्परामा घरघरमा देवी दुर्गाको पूजाआजा र चण्डी पाठ गर्ने चलन छ। दसैँ सुरु भएसँगै महोत्तरीका गाउँ तथा नगरमा युवाहरू लिङ्गे पिङ गाड्ने तयारीमा जुटेका छन्। विभिन्न बस्तीमा दुर्गा प्रतिमा स्थापना गरी मेला आयोजना गरिँदै छ।

नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ। प्रतिपदामा घटस्थापना गरी सुरु भएको पूजाआजा नवमीसम्म चल्छ। दशमीका दिन देवीको पूजा विसर्जन गरी प्रसादस्वरूप जमरा लगाएपछि मैथिल परम्पराको शारदीय नवरात्र सम्पन्न हुन्छ।

पर्वका अवसरमा जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला सुरक्षा समितिले एकीकृत सुरक्षा योजना लागू गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित एक हजार ३३१ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

असत्यमाथि सत्यको विजयको प्रतीक मानिने यस पर्वमा देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरलगायत राक्षसको संहार गरेको देवीभागवतमा उल्लेख छ। नवरात्रमा देवी दुर्गाको उपासना गर्दा मन, वचन र कर्ममा शुद्धता आउने तथा सत्कर्म, सद्विचार र सदाचारतर्फ प्रेरित हुने धार्मिक विश्वास छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

काठमाडौंमा ६५० लिटर घरेलु मदिरासहित दुई जना पक्राउ
काठमाडौंमा ६५० लिटर घरेलु मदिरासहित दुई जना पक्राउ
केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी
केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी
उदयपुरमा मादक पदार्थ सेवन गरी आफ्नै पत्नीको धारिलो हतियारले हत्या
उदयपुरमा मादक पदार्थ सेवन गरी आफ्नै पत्नीको धारिलो हतियारले हत्या
पर्सामा १४० किलो गाँजा बरामद, प्रहरीले ठूलो मात्रामा नशाको कारोबार भाँडियो
पर्सामा १४० किलो गाँजा बरामद, प्रहरीले ठूलो मात्रामा नशाको कारोबार भाँडियो
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
कञ्चनपुरमा कृषि ज्ञान केन्द्रको अनुदान र प्रविधि सहयोगले व्यावसायिक कृषिमा क्रान्ति
कञ्चनपुरमा कृषि ज्ञान केन्द्रको अनुदान र प्रविधि सहयोगले व्यावसायिक कृषिमा क्रान्ति
आजको नेपाली पञ्चाङ्ग, राशिफल, शुभकार्य समय र राहुकाल (२०८२ पौष ८ गते, मंगलबार)
आजको नेपाली पञ्चाङ्ग, राशिफल, शुभकार्य समय र राहुकाल (२०८२ पौष ८ गते, मंगलबार)
बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना
बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु; सशस्त्र प्रहरीले भन्यो, दुई वटा सफारीमा आएर आक्रमण प्रयास
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु; सशस्त्र प्रहरीले भन्यो, दुई वटा सफारीमा आएर आक्रमण प्रयास
singel sidbar banner
singel sidbar banner 2