सिरहाका सीमा क्षेत्रबाट १६ लाखभन्दा बढीको अवैध सामान बरामद
- सिरहा ।
- सशस्त्र प्रहरीले सिरहाका विभिन्न सीमा क्षेत्रबाट १६ लाख ५० हजार ४६३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सिरहा । सशस्त्र प्रहरीले सिरहाका विभिन्न सीमा क्षेत्रबाट १६ लाख ५० हजार ४६३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार सोमबार भारततर्फ लैजाँदै गरिएका तथा भारतबाट नेपालतर्फ ल्याइँदै गरेका सामान विभिन्न सीमा इलाकाबाट बरामद गरिएको हो।
बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना सामग्री, सुर्ती, कस्मेटिक सामग्री, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा, चस्मा, मोटरपार्ट्स, चकलेट, फोटो फ्रेम र औषधिलगायत छन्। बरामद सामान नियमानुसार सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
एसपी थापाका अनुसार २०८३ साल साउन र भदौमा मात्रै सिरहाका विभिन्न सीमा क्षेत्रबाट करिब २ करोड ९५ लाख रुपैयाँ बराबरका अवैध चोरी–निकासी तथा पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको थियो। त्यस्तै, असोज ११ गतेसम्म करिब ५३ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






