singel post top banner

मोरङ कारागारमा भत्ता चोरी: अभिषेक गिरी पक्राउ, गुमेको रकमको अनुसन्धान जारी

belwo post title ad banner
रासस रासस
शनिबार, आषाढ १३, २०८३
34 Views
मोरङ कारागारमा भत्ता चोरी: अभिषेक गिरी पक्राउ, गुमेको रकमको अनुसन्धान जारी
समाचार सारांश
  • विराटनगर — जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई वितरण गरिएको भत्ता कारागारभित्रैबाटै हराएको पाइएको छ।
  • कारागार प्रशासनले बुधबार, बिहीबार र शुक्रबार गर्मी भत्ताका रुपमा २ हजार ५ सय रुपैयाँ दरले वितरण गरेको रकम अन्तर्गत शुक्रबार ब्लक बीमा वितरण गरिएको रकम भने गायब भएको हो।

विराटनगर — जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई वितरण गरिएको भत्ता कारागारभित्रैबाटै हराएको पाइएको छ। कारागार प्रशासनले बुधबार, बिहीबार र शुक्रबार गर्मी भत्ताका रुपमा २ हजार ५ सय रुपैयाँ दरले वितरण गरेको रकम अन्तर्गत शुक्रबार ब्लक बीमा वितरण गरिएको रकम भने गायब भएको हो।

मोरङ प्रहरी स्रोतका अनुसार, यस घटनामा अभिषेक गिरीको नाम जोडिएको छ। कैदीबन्दीलाई वितरण गरिएको रकम केही घण्टापछि अनुगमन गर्दा उनीहरूको हातमा पैसा देखिएको थिएन। सोधपुछ गर्दा गिरीको नाम विवादास्पद रुपमा समावेश भएको पुष्टि भएको हो। रकम गिरीको घरमा पुगेको सूचनापछि प्रहरीले शनिबार बिहान उनको घरमा सर्च अपरेशन चलाएको थियो। सुरुमा हतियार रहेको आशंकामा खानतलासी गरिएको बताइन्छ। पक्राउ गर्दा प्रहरीले गिरीले कैदीबन्दीको भत्ता दुरुपयोग गरेको पुष्टि गरेको छ।

जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार, मोरङ कारागारमा तीन वटा ब्लक छन्। ती मध्ये ‘ए ब्लक’ मा ५३९ जना, ‘बी ब्लक’ मा ५३६ जना र महिला ब्लकमा ११० जना कैदीबन्दी रहेका छन्। ती सबैलाई गर्मी भत्ताका रुपमा २ हजार ५ सय रुपैयाँ वितरण गरिएको थियो।

‘बी ब्लक’ का ५३६ जना कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ रकम केही समयमा नै गायब भएको सूचना प्रमुख जिल्ला अधिकारी युवराज कटेलसम्म पुगेको थियो। त्यसपछि उनले शुक्रबार नै कारागारको ‘बी ब्लक’ मा अनुगमन गर्न निर्देशन दिए। अनुगमनको क्रममा कैदीबन्दीलाई वितरण गरिएको रकम उनीहरूको हातमा थिएन।

जेलर घिमिरेका अनुसार, कारागार प्रशासनका कर्मचारीले नेपाल प्रहरीको उपस्थितिमा कैदीबन्दीलाई रकम पुर्‍याएका थिए। “हामीले कोठा–कोठामै गएर २५ सयका दरले पैसा बाँडेका हौं,” उनले भने, “अनुगमनको क्रममा कैदीबन्दीले पैसा प्राप्त गरेको स्वीकार गरे पनि सबै पैसा साथमा देखाउन सकेनन्।” कतिपय कैदीबन्दीको हातमा ५०० देखि १००० रुपैयाँ मात्र फेला परेको थियो। बाँकी रकमका बारेमा सोधपुछ गर्दा, उनीहरूले घरपरिवार वा आफन्तलाई पैसा पठाइसकेको बताएका थिए।

स्रोतका अनुसार, ‘बी ब्लक’ का चौकीदार चन्चल बर्मनलाई सोधपुछ गर्दा गिरीको नाम लिइएको थियो। प्रमुख जिल्ला अधिकारी कटेलले भने, “कारागारबाटै कैदीबन्दीको भत्ता गायब भएपछि गिरीलाई पक्राउ गरिएको छ। गिरीसँग जोडिएका थप विषयमा अनुसन्धान भइरहेको छ।”

गिरी नेपाली कांग्रेसको सक्रिय नेता हुन्। शरीर बन्धक र अपहरण मुद्दामा ९ वर्ष जेल सजाय भोगेका गिरी लामो समय मोरङ कारागारको चौकीदार थिए। कारागारभित्रै उनले कैदीमाथि दमन र आर्थिक शोषण गरेको आरोप लाग्दै आएको थियो। कारागारबाट छुटेपछि उनले आफ्नै नेतृत्वमा ‘गिरी फाउन्डेशन’ स्थापना गरी सामाजिक कार्यमा सक्रियता देखाएका थिए।

गिरी फाउन्डेशन स्थापना गर्नासाथ उनी राजनीतिक रूपमा पनि सक्रिय रहे। फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमाण्डर बनेका थिए।

प्रहरीले गिरीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ। प्रहरीले यस सम्बन्धि घटनाको छानबिन गर्न जारी राखेको छ। यस घटनाले कारागारभित्रको व्यवस्थापन र भ्रष्टाचारप्रति ध्यानाकर्षण गराएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
काठमाडौँ महानगरले राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग नभत्काउने निर्णय
काठमाडौँ महानगरले राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग नभत्काउने निर्णय
धनगढीका बेपत्ता कम्प्युटर व्यवसायी मृत फेला
धनगढीका बेपत्ता कम्प्युटर व्यवसायी मृत फेला
गृहमन्त्री सुधन गुरुङको जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण
गृहमन्त्री सुधन गुरुङको जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर पूरक रिट, आज पेसी
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर पूरक रिट, आज पेसी
नेपाल प्रहरीले निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचनका लागि तयारी गरेको छ; प्रहरी प्रवक्ता काफ्ले
नेपाल प्रहरीले निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचनका लागि तयारी गरेको छ; प्रहरी प्रवक्ता काफ्ले
गोङ्गबुमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि कृषि मेला सम्पन्न
गोङ्गबुमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि कृषि मेला सम्पन्न
गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रणमा कडाइ
गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण, राजस्व चुहावट र मानव बेचबिखन नियन्त्रणमा कडाइ
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुदैँछ कारोबार?
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुदैँछ कारोबार?
बेतहा खोलाको जैविक तटबन्धले बस्ती र विद्यालयलाई बाढी र कटानबाट जोगाउने नयाँ आशा
बेतहा खोलाको जैविक तटबन्धले बस्ती र विद्यालयलाई बाढी र कटानबाट जोगाउने नयाँ आशा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?