‘मिसेस नेपाल वर्ल्ड २०२५’ विजेतालाई राजधानीमा विशेष समारोहमा सम्मान, इलेक्ट्रिक स्कुटर र पुरस्कार वितरण
- काठमाडौँ — महिला सशक्तिकरण र प्रतिभा प्रवर्द्धनको उद्देश्यले आयोजना भएको ‘मिसेस नेपाल वर्ल्ड २०२५’ प्रतियोगिताका विजेताहरूलाई राजधानीमा एक भव्य समारोहको आयोजना गरी सम्मानित गरिएको छ।
- रिबन इन्टरटेनमेन्टले पानीपोखरीस्थित ‘तपाईंको बजार’ शोरुम परिसरमा आयोजित यस कार्यक्रममा मुख्य विजेता र अन्य प्रतिभाशाली सहभागीहरूलाई उपहार र प्रमाणपत्र प्रदान गरिएको हो।
काठमाडौँ — महिला सशक्तिकरण र प्रतिभा प्रवर्द्धनको उद्देश्यले आयोजना भएको ‘मिसेस नेपाल वर्ल्ड २०२५’ प्रतियोगिताका विजेताहरूलाई राजधानीमा एक भव्य समारोहको आयोजना गरी सम्मानित गरिएको छ। रिबन इन्टरटेनमेन्टले पानीपोखरीस्थित ‘तपाईंको बजार’ शोरुम परिसरमा आयोजित यस कार्यक्रममा मुख्य विजेता र अन्य प्रतिभाशाली सहभागीहरूलाई उपहार र प्रमाणपत्र प्रदान गरिएको हो।
कार्यक्रमको मुख्य आकर्षण थियो, मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तलाई ‘तपाईंको बजार’ को प्रायोजनमा उपलब्ध गराइएको इलेक्ट्रिक स्कुटर हस्तान्तरण। समारोहका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त स्कुटरको साँचो रक्षा पन्तलाई हस्तान्तरण गरेका थिए। यस अवसरमा मदनकृष्ण श्रेष्ठले महिलाहरूको आत्मविश्वास र प्रतिभालाई प्रवर्द्धन गर्न यस प्रकारका पुरस्कार र सम्मानले समाजमा सकारात्मक भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे।
समारोहमा अभिनेता सरोज खनाल, धिरेन शाक्य, फोटोग्राफर राजभाइ सुवाल, रिबन इन्टरटेनमेन्टका सीईओ निशुकान्त झा, कोरियोग्राफर अश्विनीकान्त झा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विजेता र अन्य प्रतियोगिताका प्रतिभाहरूलाई आयोजक पक्षबाट विभिन्न आकर्षक उपहारहरू समेत प्रदान गरिएको थियो। यसैगरी, प्रतियोगितालाई सफल बनाउने क्रममा सहयोग गर्ने प्रायोजक, सहयोगी र प्रतिस्पर्धीहरूलाई सम्मान पत्र समेत वितरण गरिएको थियो।
मदनकृष्ण श्रेष्ठले आफ्नो धारणा व्यक्त गर्दै भने, “यस प्रकारका पुरस्कार र सम्मानले महिलाहरूलाई समाजमा अघि बढ्न थप प्रेरणा मिल्नेछ। विवाहित महिलाहरूको आत्मविश्वास बढाउने यस्ता मञ्चहरूले सामाजिक परिवर्तनमा ठुलो भूमिका खेल्नेछन्।”
यस्तै, ‘तपाईंको बजार’ का प्रबन्ध निर्देशक सुशील संग्रौलाले सामाजिक उत्तरदायित्वको रूपमा प्रतिभाशाली महिलालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए। संस्थाकी प्रमुख कार्यकारी अधिकृत माया लामाले भने, “आत्मनिर्भर र साहसी महिलाहरूलाई प्रोत्साहन गर्न नै हाम्रो मुख्य उद्देश्य हो।”
कार्यक्रममा कलाकार, पत्रकार, व्यवसायी र विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको थियो। अधिवक्ता र अभिनेता कृष्ण ढुंगाना, पत्रकार विदुर गिरी, डब्बु क्षत्री, अटो नेपालका अध्यक्ष रोशनकुमार श्रेष्ठ लगायतले विजेताहरूलाई बधाई दिँदै प्रमाणपत्रहरू हस्तान्तरण गरे।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






