मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
- मकवानपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुर जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्।
- उनले आफू रास्वपाबाट नै कांग्रेसमा फर्किएको जानकारी दिएका हुन्।
मकवानपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुर जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। उनले आफू रास्वपाबाट नै कांग्रेसमा फर्किएको जानकारी दिएका हुन्।
पराजुलीलाई कांग्रेस मकवानपुरको सचिव ईश्वर पाठकले सर्लाही-४ बाट पार्टीमा स्वागत गरेका हुन्। साथै, उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर २ का चुनावी संयोजक नीराजन बर्तौला पनि कांग्रेसमा प्रवेश गरेका छन्।
गत २०७९ को निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका पराजुलीले १२,०५९ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको थियो। उनले आफ्ना भनाइमा, वर्तमान नेतृत्वले रास्वपाको स्थापना कालमा ल्याएको युवा राजनीतिमा समर्पित भावना, युवालाई छान्ने नीति, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठ्ने प्रतिबद्धता लत्याएका छन्।
पराजुलीले थपे, “पार्टीले पछिल्लो समयमा अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मुल्यमान्यता, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएपछि बाध्य भएर पार्टी छोड्नुपरेको हो।” उनी भन्छन्, संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्याङ्कन नभएको, विधि–विधान विपरीत गतिविधि बढिरहेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न उठाएको छ।
पराजुलीले भन्नुभयो, “यस्तो परिस्थितिमा म मौन रहन सक्दिनँ। त्यसकारण मैले पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको हुँ।” यस कदमले मकवानपुर जिल्लामा राजनीतिक हलचलक थपिएको छ भने, कांग्रेसमा प्रवेशले स्थानीय राजनीतिक समीकरणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






