singel post top banner

विशेष सुरक्षा सल्लाहकारको पत्र लिन सिंहदरबार गएनन् दानबहादुर कार्की, सरकारविरुद्ध सर्वोच्चमा रिट

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक २०, २०८३
12 Views
विशेष सुरक्षा सल्लाहकारको पत्र लिन सिंहदरबार गएनन् दानबहादुर कार्की, सरकारविरुद्ध सर्वोच्चमा रिट
समाचार सारांश
  • काठमाडौं ।
  • महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीका लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरेको छ।

काठमाडौं । महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीका लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरेको छ। तर, पदको पत्र बुझ्न उनी बिहीबार सिंहदरबार गएनन्। बरु, सरकारको निर्णयविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगे।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ महानिरीक्षक नियुक्त गरेको थियो। त्यही बैठकले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहने गरी नयाँ पद सिर्जना गर्ने निर्णय पनि गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार, कार्कीका लागि कार्यालयमा कार्यकक्षको व्यवस्था गरिएको छ। प्रधानमन्त्रीको टोलीका सल्लाहकार, सचिव तथा अन्य कर्मचारीका लागि कार्यालय व्यवस्थापन गर्न समस्या नरहेको उनले बताए।

‘कार्यालयमा अतिरिक्त कोठा हुन्छन्। अतिरिक्त सचिव, सचिवलगायतका लागि कार्यकक्ष व्यवस्थापन गरिएकै हुन्छ,’ अर्यालले भने, ‘त्यसक्रममा सुरक्षा सल्लाहकारका लागि पनि कोठाको व्यवस्था गरिएको हुनुपर्छ।’

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, कार्कीका लागि कोठा नम्बर २०७ मा कार्यकक्ष तयार गरिएको छ। उनलाई नेपाल सरकारका सचिवसरह सुविधा उपलब्ध गराउने निर्णय भएको स्रोतको भनाइ छ। सचिवसरह सुविधा दिइएमा आफ्नै कार्यकक्ष, सवारीसाधन र सुरक्षा उपलब्ध हुनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
लागुऔषध सेवनकर्ताको आक्रमण, प्रहरी सहायक निरीक्षक घाइते, दुई पक्राउ
कर्णाली प्रदेशमा सांसदका स्वकीय सचिवहरूको तलब रोकिएपछि राजनीतिक दबाब र निर्णय कार्यान्वयनमा जटिलता
कर्णाली प्रदेशमा सांसदका स्वकीय सचिवहरूको तलब रोकिएपछि राजनीतिक दबाब र निर्णय कार्यान्वयनमा जटिलता
मुग्लिन–नारायणगढ सडकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
मुग्लिन–नारायणगढ सडकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
मनाङको हिमपहिरोमा सङ्खुवासभाका दुई पर्यटक गाइडको मृत्यु
मनाङको हिमपहिरोमा सङ्खुवासभाका दुई पर्यटक गाइडको मृत्यु
नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी नयाँ कम्पनी मोडेलमा पुनःसंरचना गर्न सुझाव
नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी नयाँ कम्पनी मोडेलमा पुनःसंरचना गर्न सुझाव
भोटेकोशी बाढीपीडित सशस्त्र प्रहरी परिवारलाई महिला संघद्वारा राहत
भोटेकोशी बाढीपीडित सशस्त्र प्रहरी परिवारलाई महिला संघद्वारा राहत
सरकारको राष्ट्रिय प्रतिबद्धता: कृषिको आत्मनिर्भरता र किसानको सामाजिक सुरक्षा सुनिश्चितता
सरकारको राष्ट्रिय प्रतिबद्धता: कृषिको आत्मनिर्भरता र किसानको सामाजिक सुरक्षा सुनिश्चितता
सङ्खुवासभामा बेलीब्रिज भाँचिएपछि यातायात पूर्णरूपमा अवरुद्ध, आवतजावत र व्यापार प्रभावित
सङ्खुवासभामा बेलीब्रिज भाँचिएपछि यातायात पूर्णरूपमा अवरुद्ध, आवतजावत र व्यापार प्रभावित
गोली र लागुऔषधसहित दुई युवक पक्राउ, १२ ग्राम भन्दा बढी खैरो हेरोइन बरामद
गोली र लागुऔषधसहित दुई युवक पक्राउ, १२ ग्राम भन्दा बढी खैरो हेरोइन बरामद
सर्लाहीमा अवैध गाँजा खेती फँडानी, प्रहरीको ठूलो अभियान
सर्लाहीमा अवैध गाँजा खेती फँडानी, प्रहरीको ठूलो अभियान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?