ट्राफिक जनचेतनामूलक अन्तर्क्रिया, सडक सुरक्षामा सबैको जिम्मेवारीमा जोड
- काठमाडौँ ।
- सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित यातायात प्रणालीको विकास गर्ने उद्देश्यले काठमाडौँमा ट्राफिक जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ।
काठमाडौँ । सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित यातायात प्रणालीको विकास गर्ने उद्देश्यले काठमाडौँमा ट्राफिक जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ।
आइतबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) मा आयोजित कार्यक्रममा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण, पैदलयात्रीको सुरक्षा र जिम्मेवार सडक व्यवहारका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो।
दुर्घटना न्यूनीकरणका लागि चालक, पैदलयात्री तथा सडक प्रयोग गर्ने सबै पक्ष जिम्मेवार हुनुपर्ने र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्नुपर्ने विषयमा जनचेतना अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सुरक्षित सडक संस्कृतिको विकास, ट्राफिक नियमप्रतिको सचेतना अभिवृद्धि र जिम्मेवार यातायात प्रणाली निर्माणमा जोड दिइएको थियो।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






