singel post top banner

सिरहामा गोलबजारका वडाध्यक्ष सोहेब अनवर पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, कार्तिक १०, २०८३
25 Views
सिरहामा गोलबजारका वडाध्यक्ष सोहेब अनवर पक्राउ
समाचार सारांश
  • सिरहा ।
  • सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्।

सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रमेशबहादुर पालका अनुसार अनवरलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो।

गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते गोलबजारमा तोडफोड तथा आगजनी भएको थियो। उक्त घटनामा अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थाका केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो।

प्रहरीका अनुसार अनवर कहिले ससुरालीमा त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए। घर आए पनि प्रहरीबाट बच्न लुक्ने गरेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ अनुसार धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

इरानमा मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, ऐतिहासिक स्थल र दूतावास समेत क्षतिग्रस्त
इरानमा मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, ऐतिहासिक स्थल र दूतावास समेत क्षतिग्रस्त
विपद् व्यवस्थापनमा नयाँ दिशा, पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई मजबुत बनाउने सरकारको प्रतिबद्धता
विपद् व्यवस्थापनमा नयाँ दिशा, पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई मजबुत बनाउने सरकारको प्रतिबद्धता
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण, मतदान तयारी तथा सुरक्षा सतर्कता
रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण, मतदान तयारी तथा सुरक्षा सतर्कता
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
दार्चुलामा निर्वाचन सुरक्षा र तयारी: संयुक्त गस्ती, कर्मचारी तालिम र मतदान प्रक्रिया
दार्चुलामा निर्वाचन सुरक्षा र तयारी: संयुक्त गस्ती, कर्मचारी तालिम र मतदान प्रक्रिया
भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी र स्वास्थ्यकर्मीको आन्दोलन, नियमावली पारितको माग
भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी र स्वास्थ्यकर्मीको आन्दोलन, नियमावली पारितको माग
मृणाल ठाकुर र सान्या मल्होत्राको आरामदायक र स्टाइलिश लुकले मिडिया र फ्यानहरूलाई माया जित्दै
मृणाल ठाकुर र सान्या मल्होत्राको आरामदायक र स्टाइलिश लुकले मिडिया र फ्यानहरूलाई माया जित्दै
काठमाडौंमा २४ घण्टामा २,०१० सवारी चालकलाई ट्राफिक नियम उल्लंघनमा कारबाही
काठमाडौंमा २४ घण्टामा २,०१० सवारी चालकलाई ट्राफिक नियम उल्लंघनमा कारबाही
सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ
सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?