ढल्केवरमा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढ्यो | मन्त्री निशा मेहता
- धनुषा — धनुषाको ढल्केवरमा निर्माण गर्ने तयारी गरिएको क्रिटिकल केयर तथा ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छन्।
- आइतबार प्रस्तावित निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर गरी पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन्।
धनुषा — धनुषाको ढल्केवरमा निर्माण गर्ने तयारी गरिएको क्रिटिकल केयर तथा ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छन्।
आइतबार प्रस्तावित निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर गरी पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन्। आवश्यक प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान गरिने र त्यसपछि निर्माण कार्य सुरु हुने उनले बताइन्।
“ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब राख्नुपर्दैन। यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ,” मन्त्री मेहताले भनिन्। निरीक्षणका क्रममा निर्माणस्थलको तयारी उपयुक्त देखिएको उल्लेख गर्दै उनले छिट्टै शिलान्यास हुने विश्वाससमेत व्यक्त गरिन्।
स्थानीयवासीले लामो समयदेखि ट्रमा सेन्टर निर्माणको आश्वासन पाउँदै आए पनि काम सुरु नभएकाले आयोजना कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्दै आएका छन्।
निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले निर्माण कार्य सुरु भएपछि मात्रै स्थानीयवासी विश्वस्त हुने बताए। आश्वासनभन्दा कामको सुरुआत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले शिलान्यास प्रक्रिया छिटो अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराए।
“ट्रमा सेन्टरका नाममा यहाँका नागरिकले लामो समयदेखि आश्वासन पाउँदै आएका छन्। अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन। भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ,” महतोले भने।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






