singel post top banner

नेपालका उद्योगको क्षमता उपयोग ४२.१ प्रतिशतमा झर्‍यो, कोभिडपछिकै न्यून

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक ६, २०८३
35 Views
नेपालका उद्योगको क्षमता उपयोग ४२.१ प्रतिशतमा झर्‍यो, कोभिडपछिकै न्यून
समाचार सारांश
  • काठमाडौँ — नेपालका उत्पादनमूलक उद्योगको क्षमता उपयोग निरन्तर घट्दै गएको छ।
  • नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा उद्योगहरूको औसत क्षमता उपयोग ४२.

काठमाडौँ — नेपालका उत्पादनमूलक उद्योगको क्षमता उपयोग निरन्तर घट्दै गएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा उद्योगहरूको औसत क्षमता उपयोग ४२.१ प्रतिशतमा सीमित भएको छ। यो भूकम्प र कोभिड महामारीपछिकै न्यून स्तर हो।

राष्ट्र बैंकका अनुसार पछिल्ला वर्षहरूमा उद्योगको वार्षिक औसत क्षमता उपयोग घट्दो क्रममा छ। आर्थिक वर्ष २०७९/८० मा ४९.८ प्रतिशत रहेको क्षमता उपयोग २०८०/८१ मा घटेर ४८.३ प्रतिशतमा झरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा यो अझ घटेर ४४.५ प्रतिशत कायम भयो। चालु आर्थिक वर्षको पहिलो छ महिनामा भने ४२.१ प्रतिशतमा सीमित भएको छ।

विगत एक दशकको तथ्यांकमा प्राकृतिक तथा मानवीय विपद्का समयबाहेक उद्योगको क्षमता उपयोग ५० प्रतिशतभन्दा माथि रहेको देखिन्छ। आर्थिक वर्ष २०७५/७६ को पहिलो छ महिनामा यो हालसम्मकै उच्च ६० प्रतिशत पुगेको थियो। त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा वार्षिक औसत क्षमता उपयोग ५९.७ प्रतिशत थियो।

भूकम्प र नाकाबन्दीको प्रभाव परेको आर्थिक वर्ष २०७२/७३ को पहिलो छ महिनामा क्षमता उपयोग ३९.५ प्रतिशतमा झरेको थियो। कोभिड महामारीको सुरुवाती समय, आर्थिक वर्ष २०७६/७७ को पहिलो छ महिनामा पनि यो ३९.८ प्रतिशतमा सीमित भएको थियो। पछिल्लो तथ्यांकले उद्योग क्षेत्रको अवस्था ती विपद्का समयसँग मिल्दोजुल्दो देखाएको छ।

अध्ययनका लागि आर्थिक वर्ष २०७६/७७ को पहिलो अर्धवार्षिक अवधिसम्म १३१ उद्योग समेटिएका थिए। पछिल्लो समय अध्ययनको दायरा विस्तार गरी १५४ उद्योगको उत्पादन र क्षमता उपयोग नियमित रूपमा अनुगमन गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ। बजारको समग्र मागमा आएको संकुचन, जनसांख्यिक अवस्थाका कारण सिर्जित चुनौती र आयातित वस्तुसँगको प्रतिस्पर्धाले स्वदेशी उद्योगको क्षमता उपयोग घटेको राष्ट्र बैंकका अधिकारीहरूको विश्लेषण छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

सिरहा प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार भएका दुई जना नाबालक समेत ११ कैदीलाई पक्राउ गरे
सिरहा प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार भएका दुई जना नाबालक समेत ११ कैदीलाई पक्राउ गरे
डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना
डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न
काठमाडौं विमानस्थल वरपर निषेधाज्ञा, पाँच भन्दा बढी व्यक्तिको जमघटमा रोक
काठमाडौं विमानस्थल वरपर निषेधाज्ञा, पाँच भन्दा बढी व्यक्तिको जमघटमा रोक
झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
कोशी नदीबाट ३०८ केजी गाँजा बरामद, मध्यराति बगिरहेको भेटियो
कोशी नदीबाट ३०८ केजी गाँजा बरामद, मध्यराति बगिरहेको भेटियो
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
चीन र थाइल्यान्डबीच सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले राष्ट्रपति सी जिनपिङ र राजा महा भाजिरालोङकोर्नको ऐतिहासिक भ्रमण
चीन र थाइल्यान्डबीच सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले राष्ट्रपति सी जिनपिङ र राजा महा भाजिरालोङकोर्नको ऐतिहासिक भ्रमण
धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख र ९ विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु
धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख र ९ विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?