singel post top banner

महिला सशक्तीकरणदेखि दिगो कृषिसम्म; अगुवा किसानलाई महासंघको क्षमता विकास प्रशिक्षण

belwo post title ad banner
महेश सिंह महेश सिंह
बिहिबार, आश्विन २९, २०८३
122 Views
महिला सशक्तीकरणदेखि दिगो कृषिसम्म; अगुवा किसानलाई महासंघको क्षमता विकास प्रशिक्षण
समाचार सारांश
  • लहान सिरहा – ग्रामीण महिलाको उद्यमशीलता विकास, आर्थिक आत्मनिर्भरता अभिवृद्धि तथा दिगो कृषि प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय कृषक समूह महासंघ, नेपालको आयोजनामा पदाधिकारी तथा अगुवा किसानहरूको क्षमता विकास कार्यशाला सम्पन्न भएको छ।
  • ‘ग्रामीण महिलाहरूको उदयः बेजोड ३० सँग लचिलो भविष्य निर्माण’ भन्ने मूल सन्दर्भमा आयोजित कार्यशाला २०८३ असोज २८ गते राजविराजमा सम्पन्न भएको हो।

लहान सिरहा – ग्रामीण महिलाको उद्यमशीलता विकास, आर्थिक आत्मनिर्भरता अभिवृद्धि तथा दिगो कृषि प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय कृषक समूह महासंघ, नेपालको आयोजनामा पदाधिकारी तथा अगुवा किसानहरूको क्षमता विकास कार्यशाला सम्पन्न भएको छ।

‘ग्रामीण महिलाहरूको उदयः बेजोड ३० सँग लचिलो भविष्य निर्माण’ भन्ने मूल सन्दर्भमा आयोजित कार्यशाला २०८३ असोज २८ गते राजविराजमा सम्पन्न भएको हो। १९औँ अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस तथा ४६औँ विश्व खाद्य दिवस–२०२६ को अवसरमा आयोजित कार्यक्रममा सप्तरीका छ स्थानीय तहका महासंघमा आबद्ध ३२ जना महिला तथा पुरुष अगुवा किसानहरूको सहभागिता रहेको थियो।

कार्यशालामा बलान बिहुल गाउँपालिका, रुपनी गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका तथा सप्तकोशी नगरपालिकाका अगुवा किसानहरूको सहभागिता रहेको थियो।

कार्यशालाको सहजीकरण महासंघका मधेस प्रदेश सचिव यामुनप्रसाद यादव र महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालाले गरेका थिए। कार्यक्रममा महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ, मधेस प्रदेश कार्यक्रम संयोजक दिलीप साह तथा जिल्ला अध्यक्ष तेजनारायण यादवको भूमिका रहेको थियो। त्यसैगरी, रुपनी गाउँपालिकाका अभियन्ता चन्द्रशेखर मण्डलको समेत सहभागिता रहेको थियो।

कार्यशालामा ग्रामीण महिलाको नेतृत्व क्षमता विकास, कृषि उद्यमशीलता प्रवर्द्धन, आयआर्जनका अवसर विस्तार तथा किसानको संस्थागत क्षमता अभिवृद्धिका विषयमा छलफल गरिएको थियो। ग्रामीण महिलालाई कृषि उत्पादन र व्यावसायिक गतिविधिमा सक्रिय बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउन आवश्यक ज्ञान, सीप र अवसर विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।

त्यसैगरी, जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरण, पोषण सुरक्षा, खाद्य अधिकार तथा दिगो कृषि प्रणालीका विषयमा समेत प्रशिक्षण दिइएको थियो। बदलिँदो जलवायुका कारण किसानले भोग्नुपरेका चुनौतीको सामना गर्न अनुकूलन क्षमता विकास गर्नुका साथै कृषि उत्पादनलाई दिगो र व्यावसायिक बनाउनुपर्ने विषयमा सहभागीलाई जानकारी गराइएको थियो।

किसानको क्षमता विकाससँगै ग्रामीण महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्राथमिकता दिन सके कृषि क्षेत्रको उत्पादन र ग्रामीण समुदायको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमले किसानबीच अनुभव आदानप्रदान, संस्थागत सहकार्य र नेतृत्व विकासमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा केयर नेपाल (CARE Nepal) को सहयोग रहेको थियो भने आयोजना राष्ट्रिय कृषक समूह महासंघ, नेपालले गरेको हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
बारामा धारिलो हतियार प्रहार गरी आमा-छोराको हत्या
बारामा धारिलो हतियार प्रहार गरी आमा-छोराको हत्या
महोत्तरीमा जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणका लागि प्रक्रिया सुरु
महोत्तरीमा जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणका लागि प्रक्रिया सुरु
दाङको घोराहीमा शिक्षा अधिकारीमाथि मोबिल खन्याउने घटना, भिडियो सामाजिक सञ्जालमा वायरल
दाङको घोराहीमा शिक्षा अधिकारीमाथि मोबिल खन्याउने घटना, भिडियो सामाजिक सञ्जालमा वायरल
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
जनकपुरधाम र मधेशका जिल्लाहरूमा तनावपछि कर्फ्यु हटाइएपछि निषेधाज्ञा जारी
जनकपुरधाम र मधेशका जिल्लाहरूमा तनावपछि कर्फ्यु हटाइएपछि निषेधाज्ञा जारी
गरुडा नगरपालिका मा ३० मिनेट भित्रै मोटरसाइकल चोरी र दुई आरोपी पक्राउ
गरुडा नगरपालिका मा ३० मिनेट भित्रै मोटरसाइकल चोरी र दुई आरोपी पक्राउ
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
काठमाडौँ देखि धनगढी जाँदै गरेको बसको दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
काठमाडौँ देखि धनगढी जाँदै गरेको बसको दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?