singel post top banner

पीईभीसी फन्डको जोखिमका आधारमा वर्गीकरण गर्न सेबोनको प्रस्ताव

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आश्विन २६, २०८३
35 Views
पीईभीसी फन्डको जोखिमका आधारमा वर्गीकरण गर्न सेबोनको प्रस्ताव
समाचार सारांश
  • काठमाडौं ।
  • नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी) प्रणालीको मूल्याङ्कन र नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी) प्रणालीको मूल्याङ्कन र नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले पीईभीसी फन्डलाई जोखिमका आधारमा उच्च, मध्यम र न्यून गरी तीन वर्गमा विभाजन गरेर सुपरिवेक्षण गर्न प्रस्ताव गरेको छ।

पीईभीसी बजारको प्रभावकारी निगरानीका लागि प्रत्येक फन्डका व्यवस्थापक, लगानीकर्ता, पूँजी प्रतिबद्धता, लगानी, पोर्टफोलियो, मूल्याङ्कन र लगानीबाट बाहिरिने प्रक्रियासम्बन्धी तथ्याङ्क राख्ने केन्द्रीय डिजिटल प्रणाली विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। यस्तो प्रणालीले जोखिम मूल्याङ्कन, नीतिगत विश्लेषण र लगानीकर्ता संरक्षणमा सुधार ल्याउन सक्ने बोर्डको निष्कर्ष छ।

२०७७ सालको संशोधनले पीईभीसीको लगानी क्षेत्र ऋणपत्र तथा ऋणसम्बन्धी उपकरणसम्म विस्तार गरेको थियो। अबको नियमनले स्वपूँजी (इक्विटी), ऋण र हाइब्रिड वित्तीय उपकरणलाई समेट्दै लगानीका प्रकारको स्पष्ट वर्गीकरण गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ।

प्रस्तावित नियामकीय संरचनामा फन्ड वर्गीकरण, अनुपातिक नियमन, जोखिममा आधारित सुपरिवेक्षण, पारदर्शिता, सुशासन, स्वतन्त्र मूल्याङ्कन, सम्पत्ति संरक्षण र विदेशी पूँजीलाई एकीकृत रूपमा समेट्नुपर्ने सुझाव दिइएको छ। नियमन कोष र कोष व्यवस्थापकमा मात्र सीमित नराखी लगानीकर्ता, पोर्टफोलियो कम्पनी, सेवा प्रदायक र लगानीबाट बाहिरिने बजारसम्म विस्तार गर्नुपर्ने बोर्डको नीतिगत निष्कर्ष छ।

बोर्डले नेपालका लागि पाँच तहको नियामकीय संरचना प्रस्ताव गरेको छ। पहिलो तहमा फन्ड व्यवस्थापकको इजाजतपत्र, उपयुक्तता, पूँजी र सुशासनसम्बन्धी व्यवस्था रहनेछ। दोस्रो तहमा फन्ड दर्ता, लगानीको कार्यादेश र पूँजी प्रतिबद्धता समेटिनेछ। तेस्रो तहमा संस्थागत, व्यक्तिगत तथा उच्च सम्पत्ति भएका लगानीकर्ताको नियमन हुनेछ।

त्यस्तै, चौथो तहमा पोर्टफोलियो लगानी, मूल्याङ्कन, सुशासन र विवरणसम्बन्धी व्यवस्था तथा पाँचौँ तहमा आईपीओ, दोस्रो बजार वा अन्य रणनीतिक बिक्रीमार्फत लगानीबाट बाहिरिने प्रक्रियाको नियमन रहने प्रस्ताव छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

चर्चित बलिउड अभिनेता असरानीको निधन
चर्चित बलिउड अभिनेता असरानीको निधन
काठमाडौं जिल्लामा ६०-६५ प्रतिशत मतदान, शान्तिपूर्ण निर्वाचन सम्पन्न
काठमाडौं जिल्लामा ६०-६५ प्रतिशत मतदान, शान्तिपूर्ण निर्वाचन सम्पन्न
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
महोत्तरीमा मिथिला परिक्रमा क्रममा मासु र मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध
महोत्तरीमा मिथिला परिक्रमा क्रममा मासु र मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध
मधेस प्रदेशमा सरकार विस्तारमा ढिलाई, मन्त्रिमण्डल पूर्णता पाउन बाँकी
मधेस प्रदेशमा सरकार विस्तारमा ढिलाई, मन्त्रिमण्डल पूर्णता पाउन बाँकी
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
वैदिक सनातन हिन्दू धर्मावलम्बीले तुलसी र दामोदरको विवाह र विशेष पूजा गर्दै हरि बोधिनी एकादशी पर्व मनाउँदै
वैदिक सनातन हिन्दू धर्मावलम्बीले तुलसी र दामोदरको विवाह र विशेष पूजा गर्दै हरि बोधिनी एकादशी पर्व मनाउँदै
दमौली–तनहुँ गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई ७.५ लाखको छात्रवृत्ति वितरण
दमौली–तनहुँ गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई ७.५ लाखको छात्रवृत्ति वितरण
Oli, Deuba and Prachanda holding crucial meeting today
Oli, Deuba and Prachanda holding crucial meeting today
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?