singel post top banner

घटस्थापनामा रेखा थापा र भुवन केसीका गीत एकै समयमा सार्वजनिक, सामाजिक सञ्जालमा चर्चा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आश्विन २६, २०८३
40 Views
घटस्थापनामा रेखा थापा र भुवन केसीका गीत एकै समयमा सार्वजनिक, सामाजिक सञ्जालमा चर्चा
समाचार सारांश
  • काठमाडौँ।
  • दसैँको पहिलो दिन घटस्थापनामा अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापाका चलचित्रका गीत एकै समयमा सार्वजनिक भएका छन्।

काठमाडौँ। दसैँको पहिलो दिन घटस्थापनामा अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापाका चलचित्रका गीत एकै समयमा सार्वजनिक भएका छन्। दुवै गीत बिहान ११ बजेर ११ मिनेटमा डिजिटल प्लेटफर्ममार्फत रिलिज गरिएका हुन्।

रेखा थापाको चलचित्र ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो’ घटस्थापनामा सार्वजनिक हुने जानकारी उनले पहिले नै सामाजिक सञ्जालमार्फत दिएकी थिइन्। गीतबारे लेख्दै उनले भनेकी थिइन्, “कहिलेकाहीँ एउटा गीत सुन्दा मात्रै पनि मन कतै हराएजस्तो हुन्छ नि। ‘३६ को आँकडा’को यही मिठो गीत घटस्थापनामा तपाईंहरूमाझ आउँदै छ। बहुलाउन तयार हुनुहुन्छ?”

त्यसपछि अभिनेता भुवन केसीले फेसबुकमा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ लेख्दै आफ्नो आगामी चलचित्र ‘बटुलो जून’ को गीत सार्वजनिक हुने संकेत गरेका थिए। उनले गीत रिलिजको समय पनि आइतबार बिहान ११ बजेर ११ मिनेट हुने बताएका थिए। यसरी दुवै चलचित्रका गीतको रिलिज मिति र समय जुधेपछि सामाजिक सञ्जालमा उनीहरूबीचको ‘टक्कर’बारे चर्चा सुरु भएको छ।

चलचित्र क्षेत्रमा प्रचारप्रसारका लागि नयाँ तरिका अपनाउन सिपालु मानिने भुवनले रेखाले पहिल्यै घोषणा गरेको समयमै गीत सार्वजनिक गर्नु संयोग हो वा प्रचार रणनीति भन्नेबारे दर्शक र चलचित्र वृत्तमा अड्कलबाजी भइरहेको छ। रेखाको “बहुलाउन तयार हुनुहुन्छ?” भन्ने प्रश्नलाई भुवनले आफ्नै गीतको शीर्षकसँग जोडेर जवाफ दिएको शैलीले पनि चासो बढाएको छ।

गीतको समय जुधाउनुको कारणबारे रेखाले आफूलाई थाहा नभएको बताएकी छन्। उनले भनिन्, “गीतका लागि पहिले मैले समय निश्चित गरेकी थिएँ, त्यही समय उहाँले जुधाउनुभयो।” नेपाली चलचित्र क्षेत्रमा आफ्नै दर्शक वर्ग र बलियो लोकप्रियता भएका रेखा र भुवनका गीतमध्ये कुनले बढी दर्शकको मन जित्छ र चर्चामा अघि रहन्छ, त्यो भने आगामी दिनमा देखिनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
महोत्तरीको रामगोपालपुर नगरपालिकाले ४९ करोड ५५ लाखको नयाँ बजेट घोषणा
महोत्तरीको रामगोपालपुर नगरपालिकाले ४९ करोड ५५ लाखको नयाँ बजेट घोषणा
प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रको उद्धार र राहतकार्यमा सबैलाई एकसाथ जुट्न अनुरोध
प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रको उद्धार र राहतकार्यमा सबैलाई एकसाथ जुट्न अनुरोध
हुथी विद्रोहीद्वारा साउदी अरबका तेल केन्द्र र विमानस्थलमा आक्रमणको दाबी
हुथी विद्रोहीद्वारा साउदी अरबका तेल केन्द्र र विमानस्थलमा आक्रमणको दाबी
वीरगञ्जका तीन वडामा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइयो
वीरगञ्जका तीन वडामा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइयो
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेपालको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन आवश्यक; गृह मन्त्री अर्याल
नेपालको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन आवश्यक; गृह मन्त्री अर्याल
बागमती प्रदेशको राजधानीका लागि जग्गा र रुख कटान प्रक्रिया अन्तिम चरणमा
बागमती प्रदेशको राजधानीका लागि जग्गा र रुख कटान प्रक्रिया अन्तिम चरणमा
बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना
बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना
जनकपुरधाममा निर्वाचनको मतदाता परिचयपत्र बनाउन थपिएको म्याद, भिडभाड भने घट्यो
जनकपुरधाममा निर्वाचनको मतदाता परिचयपत्र बनाउन थपिएको म्याद, भिडभाड भने घट्यो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?