singel post top banner

जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार, सेवा चार तहमा वर्गीकरण

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन २१, २०८३
37 Views
जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार, सेवा चार तहमा वर्गीकरण
समाचार सारांश
  • काठमाडौं ।
  • सरकारले जलन भएका बिरामीको उपचारमा देशभर एकरूपता कायम गर्न ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ।

काठमाडौं । सरकारले जलन भएका बिरामीको उपचारमा देशभर एकरूपता कायम गर्न ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक सेवा महाशाखाले तयार पारेको मापदण्डमा प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवा, रेफरल, पुनर्स्थापना र स्वास्थ्यकर्मीको तालिमसम्मका विषय समेटिएका छन्।

मापदण्डले जलन उपचार सेवालाई चार तहमा वर्गीकरण गरेको छ। लेभल–१ मा आधारभूत, लेभल–२ मा सामान्य, लेभल–३ मा विशेषज्ञ र लेभल–४ मा सुपर–विशेषज्ञ जलन सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ।

स्थानीय तह तथा समुदायमा कार्यरत स्वास्थ्यकर्मीलाई जलनको प्रारम्भिक उपचार, बिरामीको वर्गीकरण, तरल पदार्थ व्यवस्थापन, पीडा नियन्त्रण, घाउको ड्रेसिङ, निगरानी र अभिलेखीकरणसम्बन्धी तालिम दिनुपर्ने मापदण्डमा उल्लेख छ। आवश्यकताअनुसार बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थामा रेफर गर्ने सीप पनि तालिममा समेटिनेछ।

उच्च तहको उपचार केन्द्र दुई घण्टाभन्दा बढी दूरीमा रहेको अवस्थामा स्थानीय अस्पतालले जलन भएका बिरामीलाई प्रारम्भिक २४ घण्टासम्म पुनर्जीवन उपचार दिन सक्ने क्षमता विकास गर्नुपर्नेछ। लेभल–३ र लेभल–४ का केन्द्रलाई विशेषज्ञ तथा उन्नत उपचार प्रदान गर्नुका साथै तालिममा सहयोग गर्ने जिम्मेवारी दिइएको छ।

जलनको प्राथमिक उपचारका लागि सम्भव भएसम्म प्रभावित भागलाई चिसो बगिरहेको पानीले ३० मिनेटसम्म चिस्याएर सफा कपडा वा ड्रेसिङले छोप्न मापदण्डले सुझाव दिएको छ। जलन भएको ठाउँमा टुथपेस्ट, माटो, घिउ, तेल, बटर वा जडीबुटीको लेप लगाउन तथा बरफ वा बरफपानी प्रयोग गर्न नहुने पनि मापदण्डमा स्पष्ट गरिएको छ।

त्यस्तै, सबै जलनका बिरामीलाई नियमित रूपमा प्रणालीगत एन्टिबायोटिक दिन नहुने र संक्रमणको स्पष्ट प्रमाण देखिएमा चिकित्सकीय मूल्यांकनपछि मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ।

मापदण्डले जलन उपचारलाई स्थिरीकरण, विशेषज्ञ उपचार, शल्यक्रिया, संक्रमण नियन्त्रण, पोषण, पुनर्स्थापना, मनोसामाजिक सहयोग र रेफरल प्रणालीसँग जोडेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यसले बिरामीलाई अवस्थाअनुसार उपयुक्त संस्थामा समयमै उपचार तथा रेफरल सुनिश्चित गर्दै देशभर जलन उपचार सेवाको गुणस्तर र एकरूपता कायम गर्न सहयोग पुर्‍याउनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिटी सफारी चालकको हत्या: सात जना पक्राउ, योजनाबद्ध रूपमा गोली प्रहार भएको खुलासा
सिटी सफारी चालकको हत्या: सात जना पक्राउ, योजनाबद्ध रूपमा गोली प्रहार भएको खुलासा
सर्वोच्च अदालतको आदेशपछि नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको दोहोरो भत्ता रोकियो
सर्वोच्च अदालतको आदेशपछि नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको दोहोरो भत्ता रोकियो
लहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाई
लहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाई
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रका २० भन्दा बढी स्टार्टअपसँग छलफल आयोजना
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रका २० भन्दा बढी स्टार्टअपसँग छलफल आयोजना
ककरोच जनता पार्टी: कहिल्यै नहार्ने पार्टीको रोचक कथा
ककरोच जनता पार्टी: कहिल्यै नहार्ने पार्टीको रोचक कथा
क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि दातृ निकायसँग सहयोग जुटाउने रणनीति
क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि दातृ निकायसँग सहयोग जुटाउने रणनीति
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
भन्सार छल्ने गिरोहका दुई जना फरार, रु १७ लाख ५६ हजार बराबरको मोबाइल पार्ट्स र कपडा बरामद
भन्सार छल्ने गिरोहका दुई जना फरार, रु १७ लाख ५६ हजार बराबरको मोबाइल पार्ट्स र कपडा बरामद
भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती: नेपाली साहित्य र संस्कृतिको महान् योगदान
भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती: नेपाली साहित्य र संस्कृतिको महान् योगदान
शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?