रौतहटमा भन्सार छलीका १२ मोबाइलसहित भारतीय नागरिक पक्राउ
- रौतहट ।
- रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेका १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
रौतहट । रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेका १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट परिचालित बोर्डर एक्सन टिम (बीएटी) र गौर भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सोमबार गौर नगरपालिका–१ स्थित भन्सार कार्यालयको गेटअगाडि चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा यात्रुवाहक टाटा सुमोको छतमा राखिएको आलुको बोराभित्र लुकाएर ल्याइँदै गरेका मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार बरामद मोबाइलको अनुमानित मूल्य करिब दुई लाख रुपैयाँ छ।
प्रहरीले मोबाइलसहित भारतको सीतामढी जिल्ला, असोगी ग्राम वडा नं. ४ का करिब ४१ वर्षीय अमरनाथ चौधरीलाई नियन्त्रणमा लिएको हो। चौधरी र बरामद मोबाइल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






