singel post top banner

पुस १ देखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन १८, २०८३
43 Views
पुस १ देखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
समाचार सारांश
  • काठमाडौँ ।
  • आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ।

काठमाडौँ । आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, नवीकरण तथा बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार सामान्य तथा लक्षित वर्गका सबै बीमित परिवारले HIB e-Portal मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ। यसबाट बीमितको पहिचान सुनिश्चित गर्न, दोहोरो आबद्धता नियन्त्रण गर्न, केवाईसी विवरण अद्यावधिक गर्न र दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैठकले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। कार्यदलले ६० दिनभित्र प्रतिवेदन बुझाउनेछ।

त्यस्तै, ईएमआर प्रणालीबाट प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डअनुसार दाबी मान्यता दिने निर्णय भएको बोर्ड सचिवालयले जनाएको छ। पहिलो चरणमा २ हजार १८९ वटा Customized ICD-11 Code लाई IMIS मा प्रयोग गरिनेछ।

829054241_1039406322462586_2172753466978069446_n

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा
भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा
उपराष्ट्रपति यादवको भनाइ: जेनजी आन्दोलनले नेपालको नयाँ दिशा निर्धारण गर्‍यो
उपराष्ट्रपति यादवको भनाइ: जेनजी आन्दोलनले नेपालको नयाँ दिशा निर्धारण गर्‍यो
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
धादिङमा दुई बसको भीषण टक्करबाट, एक व्यक्तिको मृत्यु, घाइतेहरूको खोजी जारी
धादिङमा दुई बसको भीषण टक्करबाट, एक व्यक्तिको मृत्यु, घाइतेहरूको खोजी जारी
धनगढी मुख्यमन्त्री कमलबहादुर शाहले संविधान अनुसार मन्त्रिमण्डल हेरफेर गरेको घोषणा
धनगढी मुख्यमन्त्री कमलबहादुर शाहले संविधान अनुसार मन्त्रिमण्डल हेरफेर गरेको घोषणा
धनुषामा राष्ट्रिय परिचयपत्र सेवा दिन थप दुई वटा काउन्टर सञ्चालन हुने
धनुषामा राष्ट्रिय परिचयपत्र सेवा दिन थप दुई वटा काउन्टर सञ्चालन हुने
भारतबाट लागुऔषध ओसारपसारमा संलग्न भारतीयसहित नागरिक ३ जना पक्राउ
भारतबाट लागुऔषध ओसारपसारमा संलग्न भारतीयसहित नागरिक ३ जना पक्राउ
नेपाली सेनाको चुरे संरक्षण अभियान: प्राकृतिक स्रोतको संरक्षण र वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान
नेपाली सेनाको चुरे संरक्षण अभियान: प्राकृतिक स्रोतको संरक्षण र वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान
दसैँमा जुवातास खेल्ने १७ जना ललितपुर र चितवनबाट पक्राउ
दसैँमा जुवातास खेल्ने १७ जना ललितपुर र चितवनबाट पक्राउ
मधेस प्रदेशसभाका नयाँ सभामुख रामअशीष यादवले पदभार ग्रहण
मधेस प्रदेशसभाका नयाँ सभामुख रामअशीष यादवले पदभार ग्रहण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?