singel post top banner

विपद् जोखिम न्यूनीकरणका लागि नेपालको विकास ढाँचा पुनरावलोकन गर्नुपर्ने सांसद सुवेदीको भनाइ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आश्विन १२, २०८३
49 Views
विपद् जोखिम न्यूनीकरणका लागि नेपालको विकास ढाँचा पुनरावलोकन गर्नुपर्ने सांसद सुवेदीको भनाइ
समाचार सारांश
  • काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले विपद् जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचा पुनरावलोकन गर्नुपर्ने बताएका छन्।
  • सोमबार काठमाडौँमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानुनी प्रावधान र कार्यान्वयनको अवस्थाबारेको अन्तरक्रियामा बोल्दै उनले विकास निर्माणअघि भौगोलिक अवस्था र विपद् जोखिमको अध्ययन गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले विपद् जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचा पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानुनी प्रावधान र कार्यान्वयनको अवस्थाबारेको अन्तरक्रियामा बोल्दै उनले विकास निर्माणअघि भौगोलिक अवस्था र विपद् जोखिमको अध्ययन गर्नुपर्नेमा जोड दिए।

जोखिमयुक्त क्षेत्र र बस्ती पहिचान गर्न नेपालमा उपलब्ध विज्ञ जनशक्तिको उपयोग गर्नुपर्ने र आवश्यक परे अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिनुपर्ने उनको भनाइ थियो। सम्बन्धित क्षेत्रमा विशेषज्ञता भएका चीन, भारत, अमेरिका वा युरोपेली मुलुकबाट प्राविधिक सहयोग लिन सकिने उनले बताए।

सुवेदीले जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने बताए। स्थानान्तरणसँगै प्रभावित समुदायको जीविकोपार्जन र रोजगारी सुनिश्चित गर्ने कार्यक्रम पनि अघि बढाउनुपर्ने उनको जोड थियो।

“हाम्रो विकासलाई रिसेट गर्नुपर्ने भएको छ। पहिले बस्ती भएको ठाउँमा बाटो पुर्‍याउनुअघि वा नयाँ बस्ती बसाउनुअघि त्यो ठाउँ उपयुक्त छ कि छैन भनेर सर्वेक्षण गर्नुपर्थ्यो, तर गरिएन,” उनले भने। जोखिमयुक्त बस्ती पहिचान र स्थानान्तरणका लागि कानुन आवश्यक रहेको पनि उनले बताए।

विपद्पछि गरिने प्रतिकार्य र पुनःस्थापनामा मात्र केन्द्रित भएर जोखिम न्यूनीकरण सम्भव नहुने सुवेदीको भनाइ थियो। स्थानान्तरण गरिएका बासिन्दा फेरि पुरानै ठाउँमा फर्कन सक्ने जोखिम औँल्याउँदै उनले सुरक्षित आवाससँगै उनीहरूको जीवनयापनका आधार पनि सुनिश्चित गर्नुपर्ने बताए।

उनले जोखिमयुक्त बस्ती स्थानान्तरण, सुरक्षित आवास र प्रभावित समुदायको जीविकोपार्जनलाई समेट्ने गरी कानुन तथा कार्यक्रम एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पूर्वमन्त्री बस्नेतसहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै
पूर्वमन्त्री बस्नेतसहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै
नेपालका उद्योगको क्षमता उपयोग ४२.१ प्रतिशतमा झर्‍यो, कोभिडपछिकै न्यून
नेपालका उद्योगको क्षमता उपयोग ४२.१ प्रतिशतमा झर्‍यो, कोभिडपछिकै न्यून
सरकारको आश्वासनपछि झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालन
सरकारको आश्वासनपछि झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालन
लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्ति पक्राउ, १६.१४ ग्राम ब्राउनसुगर बरामद
लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्ति पक्राउ, १६.१४ ग्राम ब्राउनसुगर बरामद
भरतपुर महानगरपालिकाको प्रमुख दाहाललाई नेकपाले चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
भरतपुर महानगरपालिकाको प्रमुख दाहाललाई नेकपाले चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
नेपाल बजारमा आइतबार सुनको मूल्य ७०० रुपैयाँले वृद्धि, चाँदीको मूल्य ५ रुपैयाँले घट्यो
नेपाल बजारमा आइतबार सुनको मूल्य ७०० रुपैयाँले वृद्धि, चाँदीको मूल्य ५ रुपैयाँले घट्यो
प्रधानमन्त्री सुशीला कार्कीले नारिका दिवसमा पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले नारिका दिवसमा पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै
गरुडा नगरपालिका मा ३० मिनेट भित्रै मोटरसाइकल चोरी र दुई आरोपी पक्राउ
गरुडा नगरपालिका मा ३० मिनेट भित्रै मोटरसाइकल चोरी र दुई आरोपी पक्राउ
यस वर्षको एसईई परीक्षा चैत १९ देखि सुरु हुँदै, परीक्षाका तयारी पूरा
यस वर्षको एसईई परीक्षा चैत १९ देखि सुरु हुँदै, परीक्षाका तयारी पूरा
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा विवाद
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा विवाद
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?