singel post top banner

विराटनगरमा दुर्घटनाग्रस्त स्कार्पियोबाट ३९८ किलो गाँजा बरामद

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन ११, २०८३
55 Views
विराटनगरमा दुर्घटनाग्रस्त स्कार्पियोबाट ३९८ किलो गाँजा बरामद
समाचार सारांश
  • विराटनगर ।
  • विराटनगर महानगरपालिका–३, आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियोबाट प्रहरीले ३९८ किलो गाँजा बरामद गरेको छ।

विराटनगर । विराटनगर महानगरपालिका–३, आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियोबाट प्रहरीले ३९८ किलो गाँजा बरामद गरेको छ। शनिबार राति भएको घटनापछि स्कार्पियो चालक फरार भएका छन्।

प्रहरीका अनुसार शनिबार राति करिब १० बजे कोशी राजमार्गमा प्रहरी चौकी बरगाछीको टोलीले आकस्मिक चेकजाँच गरिरहेको थियो। इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियो प्रहरी टोलीलाई देखेपछि यू–टर्न गरेर भागेको थियो।

भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो। त्यसपछि चालक स्कार्पियो छाडेर फरार भएका थिए।

दुर्घटनापछि प्रहरीले स्कार्पियोको तलासी लिँदा लुकाइछिपाइ राखिएका १३ पोका गाँजा फेला पारेको थियो। बरामद गाँजाको तौल ३९८ किलो रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

फरार चालकको खोजी भइरहेको र दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको मिश्रले बताए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिराहा प्रहरीले अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइयो
सिराहा प्रहरीले अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइयो
बालविवाहको भयावह अवस्था: मधेश प्रदेशमा जनचेतना र शिक्षाको खाँचो
बालविवाहको भयावह अवस्था: मधेश प्रदेशमा जनचेतना र शिक्षाको खाँचो
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु
आर्थिक दबाबबीच मधेश सरकारले ४ करोडको विलासी गाडी किन्दै; टेन्डर आह्वान
आर्थिक दबाबबीच मधेश सरकारले ४ करोडको विलासी गाडी किन्दै; टेन्डर आह्वान
झापा निर्वाचन परिणामको तयारी: मतपेटिका संकलन, मतगणना र शान्तिपूर्ण मतदान
झापा निर्वाचन परिणामको तयारी: मतपेटिका संकलन, मतगणना र शान्तिपूर्ण मतदान
चितवनमा ३०औँ वन्यजन्तु सप्ताह- २०८२ सुरु
चितवनमा ३०औँ वन्यजन्तु सप्ताह- २०८२ सुरु
ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
ठमेलमा गैरकानुनी बसोबास र शंकास्पद गतिविधिमा संलग्न १० बङ्गलादेशी नागरिक पक्राउ
बन्द सात सरकारी उद्योगमध्ये पाँचको डीडीए रिपोर्ट तयार, दुईको मूल्यांकन बाँकी
बन्द सात सरकारी उद्योगमध्ये पाँचको डीडीए रिपोर्ट तयार, दुईको मूल्यांकन बाँकी
माइतीघरमा प्रदर्शन, प्रहरीले हस्तक्षेप, देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा
माइतीघरमा प्रदर्शन, प्रहरीले हस्तक्षेप, देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लोकतन्त्रमा नागरिकको गौरव र समानताको महत्त्व व्यक्त गरे
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लोकतन्त्रमा नागरिकको गौरव र समानताको महत्त्व व्यक्त गरे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?