singel post top banner

वर्षा र पहिरोले ११ प्रमुख सडकखण्ड प्रभावित, यात्रा गर्नुअघि अवस्था बुझ्न आग्रह

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १०, २०८३
43 Views
वर्षा र पहिरोले ११ प्रमुख सडकखण्ड प्रभावित, यात्रा गर्नुअघि अवस्था बुझ्न आग्रह
समाचार सारांश
  • काठमाडौं ।
  • निरन्तरको वर्षा, पहिरो र खोलामा बढेको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

काठमाडौं । निरन्तरको वर्षा, पहिरो र खोलामा बढेको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागले शनिबार बिहान ९ः३० बजे सार्वजनिक गरेको विवरणअनुसार ११ वटा प्रमुख सडकखण्डमा अवरोध वा आंशिक असर परेको छ।

विभागका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जुवाङ खोला र फिस्लिङलगायतका स्थानमा यातायात बन्द छ। स्थानीय प्रशासनबाट अर्को सूचना जारी नभएसम्म ती स्थानमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।

बीपी राजमार्गअन्तर्गत माङ्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध छ। पहिरो र डाइभर्सन बगाएका कारण सडक खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ।

कान्ति राजमार्गको चपली र तल्लुर्केलगायत क्षेत्रमा यातायात आंशिक रूपमा प्रभावित भएको छ। मकवानपुर खण्डमा पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको छ भने ललितपुर खण्डमा पहिरो पन्छाउने काम जारी छ। विभागले शनिबार बिहान १० बजेदेखि सडक सञ्चालनमा आउने अनुमान गरेको थियो।

सिद्धिचरण राजमार्गको ओखलढुंगा–सल्लेरी खण्डमा सोलु खोलानजिक सडक भासिएपछि यातायात अवरुद्ध भएको छ। मर्मतका लागि ‘रक ब्रेकर’सहित एक्स्काभेटर र ह्विल लोडर परिचालन गरिएको छ। थप वर्षा नभए शनिबार बेलुकीसम्म यातायात सञ्चालन गर्ने प्रयास भइरहेको विभागले जनाएको छ।

मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर क्षेत्रमा लेदोसहितको पहिरो खसिरहेकाले सडक अवरुद्ध छ। पहिरो हटाउन आवश्यक मेसिन घटनास्थलमै तयारी अवस्थामा राखिएको छ। कालीगण्डकी करिडोरको जैमिनी नगरपालिका–४, बेलबगरमा गएको ठूलो पहिरो हटाउन पनि मेसिन परिचालनका लागि साइटमै राखिएको विभागले जनाएको छ।

बागलुङ–बेनी सडकको म्याग्दीस्थित हुलाके क्षेत्रमा पहिरोका कारण यातायात रोकिएको छ। पहिरो हटाउन मेसिन परिचालन भइसकेको छ। तमोर करिडोरको मुलघाट–फिदिम खण्डमा उँधुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा सडक अवरुद्ध छ। खोलाको बहाव घटेपछि सडक खुलाउने प्रयास गरिने विभागले जनाएको छ।

राप्ती राजमार्गको कपुरकोट–खारखोला खण्डमा पहिरोका कारण यातायात रोकिएको छ। पहिरो पन्छाउने काम भइरहेको छ। कर्णाली राजमार्गको गगने खोला, नाग्म–जुम्लाको राँका क्षेत्र, बाङ्गेसिमल–दहिखोला र हारेनजिक पनि पहिरो तथा ढुंगा खस्दा सडक अवरुद्ध भएको विभागले जनाएको छ। विभिन्न स्थानमा पहिरो हटाउने काम जारी छ भने हारेतर्फ लोडरसहितको टोली परिचालन गरिएको छ।

भालुवाङ–चन्द्रौटा–लिवाङ सडकका विभिन्न स्थानमा पहिरोका कारण आंशिक अवरोध छ। साना सवारीसाधन सावधानीपूर्वक सञ्चालनमा रहे पनि पहिरो र ढुंगा हटाउन मेसिन परिचालन गरिएको विभागले जनाएको छ।

सडकको अवस्था वर्षा र पहिरोका कारण जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न विभागले आग्रह गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटले जकार्ताको अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित
इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटले जकार्ताको अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित
एमाले उपमहासचिव रघुवीर महासेठको सरकारलाई सुझाव: प्रतिपक्षसँग सहकार्य र कर नीतिमा सुधार आवश्यक
एमाले उपमहासचिव रघुवीर महासेठको सरकारलाई सुझाव: प्रतिपक्षसँग सहकार्य र कर नीतिमा सुधार आवश्यक
विराटनगर विमानस्थलबाट १८.४८ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ
विराटनगर विमानस्थलबाट १८.४८ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सम्पन्न
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सम्पन्न
आपत्कालीन प्रतिकार्य टोलीको बैठक, नेपाली नागरिकको सुरक्षा र हित संरक्षणमा चर्चा
आपत्कालीन प्रतिकार्य टोलीको बैठक, नेपाली नागरिकको सुरक्षा र हित संरक्षणमा चर्चा
दिल्लीमा हिन्दू संगठनहरूको विरोध प्रदर्शन, बंगलादेशमा हिन्दू युवालाई भीडद्वारा हत्या र हिंसाका घटनामा कडा आपत्ति
दिल्लीमा हिन्दू संगठनहरूको विरोध प्रदर्शन, बंगलादेशमा हिन्दू युवालाई भीडद्वारा हत्या र हिंसाका घटनामा कडा आपत्ति
गुल्मीमा भ्यानबाट १४० बट्टा नक्कली चुरोटसहित एक व्यक्ति पक्राउ
गुल्मीमा भ्यानबाट १४० बट्टा नक्कली चुरोटसहित एक व्यक्ति पक्राउ
It’s official :FIFA and YouTube Collaboration Each other:New Era for Football Fans Around the World
It’s official :FIFA and YouTube Collaboration Each other:New Era for Football Fans Around the World
मानव बेचबिखन विरुद्ध नीति र अन्तर्राष्ट्रिय परियोजनाका लागि आर्थिक सहायता स्वीकृत
मानव बेचबिखन विरुद्ध नीति र अन्तर्राष्ट्रिय परियोजनाका लागि आर्थिक सहायता स्वीकृत
राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यकामा प्रचार अभियान चलाउँदै
राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यकामा प्रचार अभियान चलाउँदै
singel sidbar banner
singel sidbar banner 2