singel post top banner

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, श्रावण १९, २०८३
44 Views
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
समाचार सारांश
  • काठमाडौं — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.
  • डा.

काठमाडौं — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा. डा. सङ्गीता सिंह भण्डारीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु भएको छ। विशेष अदालतको इजलासमा अध्यक्ष वासुदेव आचार्य, न्यायाधीश हेमन्त रावल र न्यायाधीश विदुर कोइराला उपस्थित थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानका आधारमा, उपकुलपति भण्डारीसहितको टोलीले मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको हो। आयोगले गत असोज २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आरोपितमा उपकुलपति प्रा. डा. सङ्गीता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, अमित कुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छाया डि.सी. र श्रीराम चौधरी, आई.टी. अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी र वरिष्ठ सहायक अन्जु शर्मा छन्।

त्यसैगरी, स्वास्थ्य सेवा विभागकी तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थकेयर प्रा.लि. र यसको अध्यक्ष पोष्ट राज ज्ञवालीलाई पनि मुद्दामा समावेश गरिएको छ।

अख्तियारले सबै प्रतिवादीहरूबाट १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो खडा गरेको छ। यससँगै, हालसम्म भुक्तानी भइसकेको ९ करोड ३४ लाख २६ हजार ६१९ रुपैयाँ फिर्ता गर्न पनि माग गरिएको छ। अनुसन्धानका क्रममा थाहा भएको छ कि, कम गुणस्तरको एमआरआई मेसिन खरिद गरी आर्थिक अनियमितता भएको पाइएको हो। प्रतिष्ठानका पदाधिकारी र आपूर्तिकर्ता कम्पनीको मिलेमतोमा भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ।

अध्ययन अनुसार, खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनको विपरीत गई, आवश्यकताको पहिचान र खरिद योजना बिना, बजेट माग गरिएको थियो। साथै, निश्चित कम्पनी (लुम्बिनी हेल्थकेयर प्रा.लि.) लाई मिल्ने गरी प्राविधिक स्पेसिफिकेशन तयार पारिएको थियो। यसले सरकारी स्रोतको दुरुपयोग र भ्रष्टाचारको संकेत गर्दछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कैलाली र धनुषाबाट लागुपदार्थ र गाजा सहित दुई-दुई जना पक्राउ
कैलाली र धनुषाबाट लागुपदार्थ र गाजा सहित दुई-दुई जना पक्राउ
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
नेपालमा ४ महिनामा पौने ७ खर्ब रेमिट्यान्स, कात्तिक महिनामा गिरावट
नेपालमा ४ महिनामा पौने ७ खर्ब रेमिट्यान्स, कात्तिक महिनामा गिरावट
एमालेको प्रदर्शन र पक्राउविरोधमा काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ओली र लेखकलाई रिहा गर्न माग
एमालेको प्रदर्शन र पक्राउविरोधमा काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ओली र लेखकलाई रिहा गर्न माग
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि अभिमुखीकरण तालिम सञ्चालन
ओखलढुङ्गा – सेप्ली झरना जाने झोलुङ्गे पुलमा क्षति, पर्यटक र सर्वसाधारणलाई आवागमनमा समस्या
ओखलढुङ्गा – सेप्ली झरना जाने झोलुङ्गे पुलमा क्षति, पर्यटक र सर्वसाधारणलाई आवागमनमा समस्या
कोशी प्रदेशमा स्टार्टअप उद्यमको हालचाल: उमेर, क्षेत्र र लगानीको पूर्ण विश्लेषण
कोशी प्रदेशमा स्टार्टअप उद्यमको हालचाल: उमेर, क्षेत्र र लगानीको पूर्ण विश्लेषण
काठमाडौं विमानस्थलबाट ८२ लाखको सुन बरामद
काठमाडौं विमानस्थलबाट ८२ लाखको सुन बरामद
स्वास्थ्यकर्मी र सरकारसँग पाँच बुँदे सहमतिपछि स्वास्थ्यकर्मीको आमरण अनशन अन्त्य
स्वास्थ्यकर्मी र सरकारसँग पाँच बुँदे सहमतिपछि स्वास्थ्यकर्मीको आमरण अनशन अन्त्य
दिल्ली बम विस्फोट: प्रधानमन्त्री सुशीला कार्कीले गहिरो दुःख व्यक्त गर्दै नेपाल-भारतको साथ र एकता व्यक्त!
दिल्ली बम विस्फोट: प्रधानमन्त्री सुशीला कार्कीले गहिरो दुःख व्यक्त गर्दै नेपाल-भारतको साथ र एकता व्यक्त!
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?