गणेश नेपालीको मृत्युबारे उच्चस्तरीय छानबिन समिगणेशति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसनको माग
- काठमाडौं।
- राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका राइड-शेयरिङ चालक गणेश नेपाली को घटनाबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसन नेपाल ले सरकारसँग माग गरेको छ।
काठमाडौं। राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका राइड-शेयरिङ चालक गणेश नेपाली को घटनाबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसन नेपाल ले सरकारसँग माग गरेको छ।
फाउन्डेसनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न पारदर्शी र निष्पक्ष अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको छ। विज्ञप्तिअनुसार सार्वजनिक रूपमा आएका जानकारी र विभिन्न पक्षबाट उठाइएका दाबीका आधारमा घटनासँग सम्बन्धित केही गम्भीर प्रश्नहरू देखिएको जनाइएको छ। राइड गरिरहेका बेला महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएको, त्यसपछिको घटनाक्रममा टेजर प्रयोग भएको भन्ने दाबी सार्वजनिक भएकाले यी विषयको तथ्यपरक छानबिन हुनुपर्ने फाउन्डेसनको माग छ।
फाउन्डेसनले अनुसन्धानबाट कुनै व्यक्ति वा निकायको लापरबाही, गैरजिम्मेवारी वा कानुनविपरीत कार्य भएको पुष्टि भए प्रचलित कानुनअनुसार जिम्मेवारमाथि कडा कारबाही गर्न पनि सरकारसँग आग्रह गरेको छ। साथै, चालक समुदाय तथा सर्वसाधारणलाई संयमता अपनाउन, अपुष्ट सूचना वा अफवाह नफैलाउन र कानुनी तथा शान्तिपूर्ण माध्यमबाट न्यायको माग गर्न फाउन्डेसनले अपिल गरेको छ।
प्राप्त जानकारीअनुसार, पार्किङ गरिएको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपालीले बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर अवस्थामा उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान करिब ११:२० बजे उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






