singel post top banner

गाउँमा लाइन छैन, दुई वर्षदेखि बिजुलीको बिल तिर्छन् दोरावासी

belwo post title ad banner
पंकज गुप्ता पंकज गुप्ता
बिहिबार, जेठ २१, २०८३
108 Views
गाउँमा लाइन छैन, दुई वर्षदेखि बिजुलीको बिल तिर्छन् दोरावासी
समाचार सारांश
  • विद्युत जडान नहुँदै दुई वर्षदेखि महशुल तिर्दै दोराका उपभोक्ता बैतडीको सूर्नया गाउँपालिका–८ दोराका ५१ घरधुरीले दुई वर्षदेखि बिजुली नपाएर पनि मासिक महशुल तिर्नुपरेको छ।
  • विद्युत लाइन विस्तारको काम ठेकेदारले अधुरो छोड्दा स्थानीयले मिटर घरमै राखेर बिल तिर्न बाध्य भएका हुन्।

विद्युत जडान नहुँदै दुई वर्षदेखि महशुल तिर्दै दोराका उपभोक्ता

बैतडीको सूर्नया गाउँपालिका–८ दोराका ५१ घरधुरीले दुई वर्षदेखि बिजुली नपाएर पनि मासिक महशुल तिर्नुपरेको छ।

विद्युत लाइन विस्तारको काम ठेकेदारले अधुरो छोड्दा स्थानीयले मिटर घरमै राखेर बिल तिर्न बाध्य भएका हुन्।

सामग्री आपूर्तिमा समस्या भएकाले काम ढिलाइ भएको र सामान आएपछि लाइन विस्तार हुने कम्पनीले जनाएको छ।

बैतडी — बैतडीको सूर्नया गाउँपालिका–८ दोराका बासिन्दाले बिजुली प्रयोग नगरीकनै दुई वर्षदेखि महशुल तिर्दै आएका छन् । विद्युतको मिटर किनेर घरमा थन्क्याएर राखेका दोरा गाउँका ५१ घरधुरीले न्यूनतम महशुल निरन्तर तिरिरहेका छन् ।

गाउँमा विद्युत लाइन विस्तारको काम सुरु भएपछि मिटर जडानका लागि वडा कार्यालयसँग स्थानीयले बजेट माग गरेका थिए । स्थानीयको माग अनुसार वडा कार्यालयले ढोले र दोरा टोलका ३ सय २२ घरधुरीका लागि अनुदानमा विद्युत मिटर उपलब्ध गराएको थियो । तीमध्ये दोराका ५१ घरधुरीमा विद्युत लाइन विस्तार नहुँदा जडान नगरिकनै विद्युत मिटर घरमा राख्नु परेको हो ।

विद्युत उपभोग नगरिकनै आफूहरुले मासिक ५० रुपैयाँका दरले महसुल तिर्नुपरेको स्थानीय लोकेन्द्रबहादुर महराले जानकारी दिए । ‘प्रयोग नगरिकनै सरकारलाई बिल तिरिरहेका छौं,’ उनले भने, ‘बिजुली नबालीकनै ५० रुपैयाँ महशुल तिर्न ५ सय रुपैयाँ भाडा तिरेर पाटन जानुपर्छ ।’ उपभोग नगरेरै तिर्नुपरेको महशुल समयमै भुक्तानी नगरे जरिवनासमेत हुने उनले बताए ।

स्थानीयको माग अनुसार २०८०/८१ मा वडा कार्यालयले अनुदानमा स्थानीयलाई विद्युत मिटर उपलब्ध गराएको सूर्नया–८ का वडाध्यक्ष भानबहादुर बोहराले बताए । ‘ठेकेदारले विद्युत विस्तारको काम अलपत्र छोडिदिएपछि दोराका स्थानीयले विद्युत नबालीकनै महसुल तिर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘विद्युतको काम अगाडि बढाइदिनु पर्‍यो भनेर जिल्ला, प्रदेशदेखि केन्द्रको विद्युत कार्यालयसम्म धाउँदै दुई वर्ष हुन लाग्यो ।’

विद्युतको लाइन पूर्णरुपमा जडान भई विद्युत संचालन भएपछि मात्र उपभोक्ताले मिटर माग गर्नुपर्ने हुन्छ । दोराका स्थानीयले कार्यालयमा झुट्टा विवरण भरी पहिले नै मिटर लगेकाले अहिले त्यस्तो समस्या आएको विद्युत प्राधिकरण शाखा बैतडीका प्रमुख अशेश्वर साहले बताए । केन्द्रबाट ठेक्का संचालन भइरहेकाले यसबारे कुनै जानकारी नभएको उनले बताए ।

बैतडीका विभिन्न स्थानमा विद्युत विकास परियोजनामार्फत विद्युत विस्तारको काम भइरहेको छ । सूर्नयाको दोरा क्षेत्रमा पनि परियोजनामार्फत नै विद्युत विस्तारको काम भइरहेको हो । परियोजनाले समयमै विद्युत विस्तार नगर्दा उपभोक्ता मारमा परेका छन् ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पंकज गुप्ता ( Pankaj Gupta )
पंकज गुप्ता ( Pankaj Gupta )
Hello! It's Me Pankaj Gupta. I am a News article writer and Video Editor or Graphic Designer. Thank you for visiting us...
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौँ र धनुषामा दुई जना मृत अवस्थामा फेला
काठमाडौँ र धनुषामा दुई जना मृत अवस्थामा फेला
भारतबाट लागुऔषध ओसारपसारमा संलग्न भारतीयसहित नागरिक ३ जना पक्राउ
भारतबाट लागुऔषध ओसारपसारमा संलग्न भारतीयसहित नागरिक ३ जना पक्राउ
सेयर बजारमा उछाल, बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीको सहमतिले उत्साह बढ्यो
सेयर बजारमा उछाल, बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीको सहमतिले उत्साह बढ्यो
आन्दोलनरत जेनजी युवाहरुले सडकमै छलफल, प्रशासन र युवाहरुबीच वार्ताको तयारी
आन्दोलनरत जेनजी युवाहरुले सडकमै छलफल, प्रशासन र युवाहरुबीच वार्ताको तयारी
तराई मधेसमा छठपर्वको सुरक्षा: ‘अप्रेसन आस्था’ योजना लागू
तराई मधेसमा छठपर्वको सुरक्षा: ‘अप्रेसन आस्था’ योजना लागू
जनकपुरधाममा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
जनकपुरधाममा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
Massive Floods in China Trigger Reports of Snakes Emerging in Affected Areas
Massive Floods in China Trigger Reports of Snakes Emerging in Affected Areas
बिग्रिरहेको न्यायिक स्वायत्तता: सर्वोच्चमा नयाँ विवाद र दरपिठ अस्वीकारको प्रकरण
बिग्रिरहेको न्यायिक स्वायत्तता: सर्वोच्चमा नयाँ विवाद र दरपिठ अस्वीकारको प्रकरण
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?