singel post top banner

गाउँमा लाइन छैन, दुई वर्षदेखि बिजुलीको बिल तिर्छन् दोरावासी

belwo post title ad banner
पंकज गुप्ता पंकज गुप्ता
बिहिबार, जेठ २१, २०८३
141 Views
गाउँमा लाइन छैन, दुई वर्षदेखि बिजुलीको बिल तिर्छन् दोरावासी
समाचार सारांश
  • विद्युत जडान नहुँदै दुई वर्षदेखि महशुल तिर्दै दोराका उपभोक्ता बैतडीको सूर्नया गाउँपालिका–८ दोराका ५१ घरधुरीले दुई वर्षदेखि बिजुली नपाएर पनि मासिक महशुल तिर्नुपरेको छ।
  • विद्युत लाइन विस्तारको काम ठेकेदारले अधुरो छोड्दा स्थानीयले मिटर घरमै राखेर बिल तिर्न बाध्य भएका हुन्।

विद्युत जडान नहुँदै दुई वर्षदेखि महशुल तिर्दै दोराका उपभोक्ता

बैतडीको सूर्नया गाउँपालिका–८ दोराका ५१ घरधुरीले दुई वर्षदेखि बिजुली नपाएर पनि मासिक महशुल तिर्नुपरेको छ।

विद्युत लाइन विस्तारको काम ठेकेदारले अधुरो छोड्दा स्थानीयले मिटर घरमै राखेर बिल तिर्न बाध्य भएका हुन्।

सामग्री आपूर्तिमा समस्या भएकाले काम ढिलाइ भएको र सामान आएपछि लाइन विस्तार हुने कम्पनीले जनाएको छ।

बैतडी — बैतडीको सूर्नया गाउँपालिका–८ दोराका बासिन्दाले बिजुली प्रयोग नगरीकनै दुई वर्षदेखि महशुल तिर्दै आएका छन् । विद्युतको मिटर किनेर घरमा थन्क्याएर राखेका दोरा गाउँका ५१ घरधुरीले न्यूनतम महशुल निरन्तर तिरिरहेका छन् ।

गाउँमा विद्युत लाइन विस्तारको काम सुरु भएपछि मिटर जडानका लागि वडा कार्यालयसँग स्थानीयले बजेट माग गरेका थिए । स्थानीयको माग अनुसार वडा कार्यालयले ढोले र दोरा टोलका ३ सय २२ घरधुरीका लागि अनुदानमा विद्युत मिटर उपलब्ध गराएको थियो । तीमध्ये दोराका ५१ घरधुरीमा विद्युत लाइन विस्तार नहुँदा जडान नगरिकनै विद्युत मिटर घरमा राख्नु परेको हो ।

विद्युत उपभोग नगरिकनै आफूहरुले मासिक ५० रुपैयाँका दरले महसुल तिर्नुपरेको स्थानीय लोकेन्द्रबहादुर महराले जानकारी दिए । ‘प्रयोग नगरिकनै सरकारलाई बिल तिरिरहेका छौं,’ उनले भने, ‘बिजुली नबालीकनै ५० रुपैयाँ महशुल तिर्न ५ सय रुपैयाँ भाडा तिरेर पाटन जानुपर्छ ।’ उपभोग नगरेरै तिर्नुपरेको महशुल समयमै भुक्तानी नगरे जरिवनासमेत हुने उनले बताए ।

स्थानीयको माग अनुसार २०८०/८१ मा वडा कार्यालयले अनुदानमा स्थानीयलाई विद्युत मिटर उपलब्ध गराएको सूर्नया–८ का वडाध्यक्ष भानबहादुर बोहराले बताए । ‘ठेकेदारले विद्युत विस्तारको काम अलपत्र छोडिदिएपछि दोराका स्थानीयले विद्युत नबालीकनै महसुल तिर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘विद्युतको काम अगाडि बढाइदिनु पर्‍यो भनेर जिल्ला, प्रदेशदेखि केन्द्रको विद्युत कार्यालयसम्म धाउँदै दुई वर्ष हुन लाग्यो ।’

विद्युतको लाइन पूर्णरुपमा जडान भई विद्युत संचालन भएपछि मात्र उपभोक्ताले मिटर माग गर्नुपर्ने हुन्छ । दोराका स्थानीयले कार्यालयमा झुट्टा विवरण भरी पहिले नै मिटर लगेकाले अहिले त्यस्तो समस्या आएको विद्युत प्राधिकरण शाखा बैतडीका प्रमुख अशेश्वर साहले बताए । केन्द्रबाट ठेक्का संचालन भइरहेकाले यसबारे कुनै जानकारी नभएको उनले बताए ।

बैतडीका विभिन्न स्थानमा विद्युत विकास परियोजनामार्फत विद्युत विस्तारको काम भइरहेको छ । सूर्नयाको दोरा क्षेत्रमा पनि परियोजनामार्फत नै विद्युत विस्तारको काम भइरहेको हो । परियोजनाले समयमै विद्युत विस्तार नगर्दा उपभोक्ता मारमा परेका छन् ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पंकज गुप्ता ( Pankaj Gupta )
पंकज गुप्ता ( Pankaj Gupta )
Hello! It's Me Pankaj Gupta. I am a News article writer and Video Editor or Graphic Designer. Thank you for visiting us...
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिए
बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिए
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायको कार्यप्रणालीको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइन्
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायको कार्यप्रणालीको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइन्
चीन र थाइल्यान्डबीच सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले राष्ट्रपति सी जिनपिङ र राजा महा भाजिरालोङकोर्नको ऐतिहासिक भ्रमण
चीन र थाइल्यान्डबीच सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले राष्ट्रपति सी जिनपिङ र राजा महा भाजिरालोङकोर्नको ऐतिहासिक भ्रमण
ठूलो विस्फोटक पदार्थको जखीरा फेला, सुजन कपाली पक्राउ
ठूलो विस्फोटक पदार्थको जखीरा फेला, सुजन कपाली पक्राउ
भारतको ७७औं गणतन्त्र दिवस: दिल्लीमा शक्ति प्रदर्शन र सांस्कृतिक झलक
भारतको ७७औं गणतन्त्र दिवस: दिल्लीमा शक्ति प्रदर्शन र सांस्कृतिक झलक
नयाँ बानेश्वर चोकमा महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
नयाँ बानेश्वर चोकमा महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
अभिजीत दीपकेसहित कक्रोच जनता पार्टीका ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी
अभिजीत दीपकेसहित कक्रोच जनता पार्टीका ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी
रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबले थाल्यो अनुसन्धान, खाडी क्षेत्रका उडान प्रभावित
रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबले थाल्यो अनुसन्धान, खाडी क्षेत्रका उडान प्रभावित
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
नेपालमा सुनको मूल्य नयाँ रेकर्ड, तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगे
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?