singel post top banner

अमेरिका र इजरायलले इरानको तेल भण्डारण केन्द्रहरू लक्षित गर्दै संयुक्त आक्रमण

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, फाल्गुन २५, २०८२
120 Views
अमेरिका र इजरायलले इरानको तेल भण्डारण केन्द्रहरू लक्षित गर्दै संयुक्त आक्रमण
समाचार सारांश
  • काठमाडौं – अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र यसको छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्रमा संयुक्त रूपमा आक्रमण गरेका छन्।
  • यस आक्रमणपछि ठूलो आगलागी र बाक्लो धुवाँ फैलिएको छ, जसले राजधानीको आकाशलाई ढाकेको देखिएको छ।

काठमाडौं – अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र यसको छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्रमा संयुक्त रूपमा आक्रमण गरेका छन्। यस आक्रमणपछि ठूलो आगलागी र बाक्लो धुवाँ फैलिएको छ, जसले राजधानीको आकाशलाई ढाकेको देखिएको छ।

आक्रमणको परिणामस्वरूप केही मानिसको मृत्यु भएको र घाइतेहरूको संख्या बढिरहेको प्रारम्भिक जानकारी आएको छ। स्थानीय अधिकारीहरूले आइतबार साँझसम्म पनि तेहरानमा धुवाँ फैलिएको र दृश्यता अत्यन्त कम भएको बताएका छन्। शहरका विभिन्न स्थानमा थप विस्फोटको आवाज सुन्न सकिएको भए पनि ती विस्फोटको स्थान अझै स्पष्ट हुन सकेको छैन।

स्थानीय सरकारले तेल डिपोमा लागेको आगोबाट निस्किएको प्रदूषित धुवाँले शहरभरि फैलिएको चेतावनी जारी गरेको छ। इरानी रेड क्रिसेन्ट सोसाइटीले भने, जलेका तेल भण्डारण केन्द्रबाट निस्किएका विषालु रसायन वर्षा भएमा खतरनाक ‘एसिड वर्षा’ हुन सक्ने जानकारी दिएको छ।

यसैबीच, सरकारी वातावरणीय निकायले नागरिकहरूलाई अनावश्यक रूपमा घरबाहिर निस्कन नहुन र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ। आक्रमणका कारण तेहरान प्रान्तको इन्धन आपूर्ति पनि प्रभावित भएको छ। प्रान्तीय प्रशासनले दुईदेखि तीन दिनभित्र सामान्य आपूर्ति पुनः सुरु हुन सक्ने आशंका व्यक्त गरेको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिका र इजरायलको आक्रमणको कडा निन्दा गर्दै यसलाई ‘युद्ध अपराध’ र ‘मानवताविरुद्धको अपराध’ भनेका छन्। उनले तेल डिपोलाई लक्षित गरी गरिएका आक्रमणलाई ‘इरानी नागरिकमाथि गरिएको जानाजानी रासायनिक युद्ध’ जस्तै भएको आरोप लगाएका छन्।

‘आक्रमणकारीहरूले विषालु पदार्थ हावामा फैलाइरहेको र वातावरणलाई नष्ट गरिरहेको छ,’ बाघाईले भने। उनले यसबाट सिर्जना हुने मानवीय र वातावरणीय संकट केवल इरानको सीमाभित्र सीमित नहुने चेतावनी दिएका छन्।

इरानी सशस्त्र बलका खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ताले भने, यदि इरानको तेल पूर्वाधारमाथि आक्रमण जारी रहन्छ भने, तेहरानले क्षेत्रीय स्तरमा प्रतिकार गर्न सक्ने चेतावनी दिएका छन्। उनले क्षेत्रीय देशहरूलाई अमेरिका र इजरायललाई सचेत गराउन आग्रह गरेका छन्।

इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार, युद्ध सुरु भएदेखि अहिलेसम्म अमेरिका र इजरायलको आक्रमणमा इरानमा १,३३२ जनाको मृत्यु भएको र ९,६६९ नागरिक संरचना क्षतिग्रस्त भएका छन्। ती संरचनामा करिब ७,९४३ घर र १,६१७ व्यावसायिक भवन समावेश छन्।

यसैबीच, ८८ इस्लामिक रिभोल्युशनरी गार्ड कोरका प्रवक्ताले भने, इरानसँग पर्याप्त मिसाइल, ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल, विभिन्न प्रकारका ड्रोन र आक्रमणकारी जहाजहरू रहेको बताएका छन्। उनका अनुसार, इरान कम्तीमा छ महिनासम्म उच्चस्तरीय युद्ध लड्न सक्षम रहेको छ। उनले आगामी दिनमा नयाँ आक्रमण रणनीति अपनाउने र अझ लामो दूरीका तथा आधुनिक मिसाइल प्रयोग गर्ने संकेत दिएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पाकिस्तानमा शुक्रबार भीषण बम विस्फोट, विश्वभरका नेताहरूले निन्दा गरे
पाकिस्तानमा शुक्रबार भीषण बम विस्फोट, विश्वभरका नेताहरूले निन्दा गरे
झापाको शिवसताक्षीमा बस दुर्घटना, १९ यात्रु घाइते
झापाको शिवसताक्षीमा बस दुर्घटना, १९ यात्रु घाइते
‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन, भ्रष्टाचारविरुद्ध सक्रिय भूमिकाको घोषणा
‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन, भ्रष्टाचारविरुद्ध सक्रिय भूमिकाको घोषणा
तिहारको पाँचौँ दिनः गरियो गोवर्द्धन, बलि, गोरु र हलि पूजा
तिहारको पाँचौँ दिनः गरियो गोवर्द्धन, बलि, गोरु र हलि पूजा
७ जेनजी समूहको एकता घोषणा: प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै संघर्षको चेतावनी
७ जेनजी समूहको एकता घोषणा: प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै संघर्षको चेतावनी
डडेल्धुरामा जिप दुर्घटना: २ जनाको मृत्यु र ३ घाइते
डडेल्धुरामा जिप दुर्घटना: २ जनाको मृत्यु र ३ घाइते
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा सुरु, आज वर्षा र हिमपातको सम्भावना
झापाका सरोज शर्मा हत्या प्रकरणमा उच्चस्तरीय अनुसन्धान गर्ने इन्स्पेक्टर केसी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा
झापाका सरोज शर्मा हत्या प्रकरणमा उच्चस्तरीय अनुसन्धान गर्ने इन्स्पेक्टर केसी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?