singel post top banner

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर पूरक रिट, आज पेसी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष ९, २०८२
269 Views
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर पूरक रिट, आज पेसी
समाचार सारांश
  • काठमाडौं — नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दायर भएको पूरक रिटमा आज सर्वोच्च अदालतले पेसी तोकेको छ।
  • संवैधानिक इजलासमा यस मुद्दाको सुनुवाइ हुने भएकाले राजनीतिक क्षेत्रको चासो बढेको छ।

काठमाडौं — नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दायर भएको पूरक रिटमा आज सर्वोच्च अदालतले पेसी तोकेको छ। संवैधानिक इजलासमा यस मुद्दाको सुनुवाइ हुने भएकाले राजनीतिक क्षेत्रको चासो बढेको छ।

रिटमा नेपाली कांग्रेसका ६५ (पहिलेका ८ सहित), जनता समाजवादी पार्टी (जसपा) का हसिना खातुन, गोमा लाभ, अशोक राई, स्वतन्त्र सांसद योगेन्द्र मण्डल र अन्य तीन निवर्तमान सांसदहरूले हस्ताक्षरसहित समर्थन गरेका छन्। उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै यस मुद्दालाई संवैधानिक इजलासमा राखिएको हो।

पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मङ्गलबार सर्वोच्चमा रिट दायर गरेका थिए। यसमा उनले प्रतिनिधिसभा पुनर्स्थापना र त्यससँग सम्बन्धित निर्वाचन प्रक्रिया रोक्न माग गरेका छन्। पूरक निवेदनमा भनिएको छ— “असंवैधानिक तवरले नियुक्त प्रधानमन्त्री सुशीलाकारी कार्की र उनी नेतृत्वको सरकारले गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन अवैध हुने कारणले सम्पूर्ण कामकाज र प्रक्रिया रोक्नुपर्छ।”

यसअघि, मंसिर २३ गते कांग्रेसका ८ सांसदले संसद पुनर्स्थापना गर्न रिट दायर गरेका थिए। सो मुद्दामा संवैधानिक इजलासले पुस २ गते कारण देखाउ आदेश जारी गरेको थियो। साथै, एमालेका ७५ सांसदहरूले मंसिर १० गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाएका थिए। प्रारम्भिक सुनुवाइमा राष्ट्रपति र प्रधानमन्त्रीसँग लिखित जवाफ मागिएको छ।

अहिलेसम्म, कांग्रेस, एमाले र अन्य दलका गरी १४३ जना सांसदहरूले संसद पुनर्स्थापना गर्न माग गर्दै रिट दर्ता गराएका छन्। यस मुद्दाको निर्णयले नेपालको राजनीतिक स्थिरता र आगामी निर्वाचन प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
दाङमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी, चार विरुद्ध मुद्दा दायर
दाङमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी, चार विरुद्ध मुद्दा दायर
बाबुराम भट्टराई नेतृत्वको प्रलोपा बुद्ध दर्शनदेखि क्वान्टम सिद्धान्तसम्म आधारित मार्गदर्शक सिद्धान्तसहित सार्वजनिक
बाबुराम भट्टराई नेतृत्वको प्रलोपा बुद्ध दर्शनदेखि क्वान्टम सिद्धान्तसम्म आधारित मार्गदर्शक सिद्धान्तसहित सार्वजनिक
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
कुलमान घिसिङ बर्खास्त
कुलमान घिसिङ बर्खास्त
लागूऔषध गाँजा जस्तो देखिने करिब 4 किलो 284 ग्राम सहित दुई भारतीय पक्राउ
लागूऔषध गाँजा जस्तो देखिने करिब 4 किलो 284 ग्राम सहित दुई भारतीय पक्राउ
सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ
सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ
असमको होजाई जिल्लामा रातभरि रेल दुर्घटना, आठ हात्तीको मृत्यु र पाँचवटा डिब्बा खसेको अपडेट
असमको होजाई जिल्लामा रातभरि रेल दुर्घटना, आठ हात्तीको मृत्यु र पाँचवटा डिब्बा खसेको अपडेट
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
नयाँ दिल्लीमा सुरु भयो १८औं ब्रिक्स शिखर सम्मेलन: भारत, रूस र चीनको ऐतिहासिक भेटघाट
नयाँ दिल्लीमा सुरु भयो १८औं ब्रिक्स शिखर सम्मेलन: भारत, रूस र चीनको ऐतिहासिक भेटघाट
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?