singel post top banner

भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, पौष २, २०८२
297 Views
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
समाचार सारांश
  • जनकपुरधाम — भारत र नेपालबीच नयाँ प्रविधि र स्टार्टअप क्षेत्रलाई थप बलियो र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको भारत-नेपाल सहकार्य विषयक गोलमेज छलफल सफलतापूर्वक सम्पन्न भएको छ।
  • यो कार्यक्रमले दुई देशका उद्यमीहरू, युवा व्यवसायीहरू र प्रविधि क्षेत्रका प्रतिनिधिहरूलाई नजिक ल्याउने महत्वपूर्ण भूमिका खेल्यो।

जनकपुरधाम — भारत र नेपालबीच नयाँ प्रविधि र स्टार्टअप क्षेत्रलाई थप बलियो र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको भारत-नेपाल सहकार्य विषयक गोलमेज छलफल सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रमले दुई देशका उद्यमीहरू, युवा व्यवसायीहरू र प्रविधि क्षेत्रका प्रतिनिधिहरूलाई नजिक ल्याउने महत्वपूर्ण भूमिका खेल्यो।

महावाणिज्य दूतावास (वीरगञ्ज) र नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज र जनकपुरधाम शाखाहरूको संयुक्त प्रयासमा पीएचडीसीसीआई भारत–नेपाल सेन्टरद्वारा आयोजित यस कार्यक्रममा ४० भन्दा बढी प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दुत देवीसहाय मिणाले भारत–नेपालबीचको सहकार्यलाई प्रविधि र स्टार्टअप क्षेत्रमा थप सुदृढ बनाउन यस्ता संवादहरू अत्यन्त आवश्यक भएको बताए। उनले भने, “आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सूचना प्रविधि र आईटी सक्षम सेवामा भारतले हासिल गरेको अनुभव र क्षमता नेपाली उद्यमीहरूका लागि अत्यन्त लाभदायक हुने विश्वास व्यक्त गरे।”

यस कार्यक्रमले दुवै देशका उद्यमीहरूबीच ज्ञानको आदानप्रदान, साझेदारी र नयाँ लगानीका अवसरहरू खोल्ने अपेक्षा गरिएको छ। भारत-नेपालबीचको आर्थिक र प्राविधिक सहकार्यलाई थप प्रभावकारी बनाउन यस्तो पहलले मधेस प्रदेशलाई स्टार्टअप हबको रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। यो संवादले दुवै देशका उद्यमी, प्रविधि विशेषज्ञ र नीति निर्माताहरूलाई नजिक ल्याएर क्षेत्रीय समृद्धि र आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यस प्रकारका छलफल र सहकार्यले भारत र नेपालबीचको मित्रता र आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम बन्ने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रपति पौडेल: नागरिक जीवनस्तर सुधार र सुशासन कायम गर्न विकास आवश्यक
राष्ट्रपति पौडेल: नागरिक जीवनस्तर सुधार र सुशासन कायम गर्न विकास आवश्यक
प्रतिनिधिसभामा सभामुख निर्वाचनका लागि मात्र कार्यसूची, रवि लामिछानेको प्रस्ताव समर्थित हुने सम्भावना
प्रतिनिधिसभामा सभामुख निर्वाचनका लागि मात्र कार्यसूची, रवि लामिछानेको प्रस्ताव समर्थित हुने सम्भावना
सिरहा जिल्लामा अवैध सामान बरामद, करिब ९ लाख बराबरको सामान नियन्त्रणमा
सिरहा जिल्लामा अवैध सामान बरामद, करिब ९ लाख बराबरको सामान नियन्त्रणमा
काठमाडौंमा आत्मदाह गर्ने गणेश नेपालीको परिवारले जाहेरी दिंदै
काठमाडौंमा आत्मदाह गर्ने गणेश नेपालीको परिवारले जाहेरी दिंदै
पालुङ–हेटौँडा सडकमा १०० भन्दा बढी बस अलपत्र, हजारौँ यात्रु ३६ घण्टादेखि समस्यामा
पालुङ–हेटौँडा सडकमा १०० भन्दा बढी बस अलपत्र, हजारौँ यात्रु ३६ घण्टादेखि समस्यामा
बंगलादेशमा नयाँ सरकार गठन, तारिक रहमान प्रधानमन्त्रीको शपथ लिँदै
बंगलादेशमा नयाँ सरकार गठन, तारिक रहमान प्रधानमन्त्रीको शपथ लिँदै
युक्रेनको खार्किभमा रूसी आक्रमण: ४को मृत्यु, धेरै घाइते
युक्रेनको खार्किभमा रूसी आक्रमण: ४को मृत्यु, धेरै घाइते
रसुवामा बाढीले नेपाल विद्युत प्राधिकरणका संरचनामा क्षति, विद्युत आपूर्ति प्रभावित
रसुवामा बाढीले नेपाल विद्युत प्राधिकरणका संरचनामा क्षति, विद्युत आपूर्ति प्रभावित
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?