singel post top banner

महोत्तरीमा १४ वर्षीय बालिकामाथि जबरजस्ती करणी

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
शनिबार, मंसिर २७, २०८२
248 Views
महोत्तरीमा १४ वर्षीय बालिकामाथि जबरजस्ती करणी
समाचार सारांश
  • महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१२ मा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणीको घटना एक हप्तापछि सार्वजनिक भएको छ।
  • गाउँमै घटना मिलाउन पीडित परिवारलाई धम्की र प्रलोभन दिँदै आएका आरोपितलाई प्रहरीले छलफल कार्यक्रमकै क्रममा पक्राउ गरेपछि घटना बाहिर आएको हो।

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१२ मा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणीको घटना एक हप्तापछि सार्वजनिक भएको छ। गाउँमै घटना मिलाउन पीडित परिवारलाई धम्की र प्रलोभन दिँदै आएका आरोपितलाई प्रहरीले छलफल कार्यक्रमकै क्रममा पक्राउ गरेपछि घटना बाहिर आएको हो।

घटना गत शुक्रबार विद्यालयबाट घर फर्केर किताब राखी खेतमा काम गर्न गएका बेला भएको हो। पीडित बालिकाले बताएका छन् कि छिमेकी राजेन्द्र महतोले ‘माया गर्छु, पैसा दिन्छु’ भनी जबरजस्ती करणी गरेको हो। घटनाको क्रममा खेतमा मल लिएर पुगेकी बालिकाको आमा घटनाको आवाज सुनेर छोरीलाई हेर्न जाँदा महतो भागेको देखिएको र आफूले छोरीलाई घर ल्याएको बताइन्।

पीडितकी आमाले बताए अनुसार, घटना बोल्दै भने सबैको इज्जत जाने भन्दै हल्ला नगर्न दबाब दिइएको थियो। यदि हल्ला गरेमा ज्यान मार्ने धम्की समेत दिइएको उनले सुनाइन्। साथै, आरोपितले घरमै आएर धम्की दिएको र प्रहरीमा जाहेरी दिन खोज्दा ‘गइस् भने मारिदिन्छु’ भन्दै डर देखाएको उनले व्यक्त गरिन्।

घटना मिलाउन दबाब दिने क्रममा आरोपितले पैसा प्रलोभन दिन खोजेको र ६ लाख रुपैयाँ लिएर घटना मिलाउन दबाब दिइएको पीडित परिवारको भनाइ छ। बिहीबार दिउँसो करिब २ बजे २०–२५ जनाले घरलाई घेरेर पीडित परिवारलाई सहमति गर्न दबाब दिइरहेका बेला इलाका प्रहरी कार्यालय बर्दिवासले राजेन्द्र महतोलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, पीडितले दिएको जाहेरीका आधारमा महतोलाई शुक्रबार तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले हसिनालाई मृत्युदण्डको फैसला सुनाउँदै मानवता विरुद्ध अपराध गरेको ठहर
अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले हसिनालाई मृत्युदण्डको फैसला सुनाउँदै मानवता विरुद्ध अपराध गरेको ठहर
सर्लाहीमा ‘बिचौलिया’ ट्यागविरुद्ध व्यवसायीहरूको आन्दोलन, कार्यालय कामकाज ठप्प
सर्लाहीमा ‘बिचौलिया’ ट्यागविरुद्ध व्यवसायीहरूको आन्दोलन, कार्यालय कामकाज ठप्प
निर्वाचन आयोगले थप मतदान स्थलसहित मतदान प्रक्रिया सहज बनाउने, १०,०९६ मतदान स्थल तय
निर्वाचन आयोगले थप मतदान स्थलसहित मतदान प्रक्रिया सहज बनाउने, १०,०९६ मतदान स्थल तय
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमनले लिन अस्वीकार, मानवसेवा आश्रममै राखिएको नयाँ विवाद
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमनले लिन अस्वीकार, मानवसेवा आश्रममै राखिएको नयाँ विवाद
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक पूर्णरूपले अवरुद्ध, यातायात सेवा प्रभावित
तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक पूर्णरूपले अवरुद्ध, यातायात सेवा प्रभावित
मौन पीडामा मानसिक समस्या बढ्दै
मौन पीडामा मानसिक समस्या बढ्दै
साउन ३१ देखि भाद्र ६ सम्मको राशिफल: तपाईंको राशि अनुसार यस हप्ताको महत्वपूर्ण सुझावहरू
साउन ३१ देखि भाद्र ६ सम्मको राशिफल: तपाईंको राशि अनुसार यस हप्ताको महत्वपूर्ण सुझावहरू
रसुवा बाढी उद्धार: स्निफर डग, ड्रोन र हेलिप्याड तयार गर्दै सशस्त्र प्रहरी
रसुवा बाढी उद्धार: स्निफर डग, ड्रोन र हेलिप्याड तयार गर्दै सशस्त्र प्रहरी
singel sidbar banner
singel sidbar banner 2