singel post top banner

मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा: सर्वोच्चको परमादेशपछि विश्वासको मत नलिँदै पदबाट हटे

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, मंसिर १७, २०८२
141 Views
मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा: सर्वोच्चको परमादेशपछि विश्वासको मत नलिँदै पदबाट हटे
समाचार सारांश
  • काठमाडौँ ।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अन्ततः पदबाट राजीनामा दिएका छन्।

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अन्ततः पदबाट राजीनामा दिएका छन्। बुधबार विश्वासको मत लिने उद्देश्यले बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्। सर्वोच्च अदालतको परमादेशपछि यादव राजनीतिक दबाबमा परेका थिए।

सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो। सोही आदेशअनुसार बिहानै प्रदेशसभा बैठक बोलाइए पनि सत्तारूढ गठबन्धनका केही सांसदहरू अनुपस्थित भएपछि बैठक दिउँसो २ बजेसम्म स्थगित गरिएको थियो।

पुनः बसेको बैठकमा विश्वासको मत नपाउने परिस्थिती स्पष्ट बनेपछि मुख्यमन्त्री यादवले सभामुखको अनुमति लिएर पदबाट राजीनामा घोषणा गरे। उनले वर्तमान राजनीतिक अवस्थाले आफूलाई विश्वासको मत हासिल गर्ने स्थिति नभएको बताएका थिए।

यादव कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेस प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए। तर, उनकी नियुक्ति असंवैधानिक भएको दाबी गर्दै प्रदेशकै सात दलका सांसदहरू सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले विपक्षी दलहरूको दाबीलाई प्राथमिकता दिँदै विश्वासको मत लिने आदेश जारी गरेको थियो।

यादवको राजीनामासँगै मधेस प्रदेशमा फेरि नयाँ सत्ता व्यवस्थापनका लागि राजनीतिक चलहल चल्न थालेको छ। अब नयाँ सरकार गठनका लागि संविधानिक प्रक्रियाअनुसार दलहरू सक्रिय हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेकपा एमालेका नेता र कार्यकर्ताको धर्ना: मुख्यमन्त्री यादवलाई काम गर्न दिनको माग
नेकपा एमालेका नेता र कार्यकर्ताको धर्ना: मुख्यमन्त्री यादवलाई काम गर्न दिनको माग
विकास बजेटको कार्यान्वयनमा निराशाजनक स्थिति; बजेटको ११ प्रतिशत पनि खर्च भएन
विकास बजेटको कार्यान्वयनमा निराशाजनक स्थिति; बजेटको ११ प्रतिशत पनि खर्च भएन
सङ्घीय सरकारले स्वकीय सचिवको सुविधा कटौती गरेसँगै बागमती प्रदेशमा पनि सदस्यहरूका स्वकीय सचिवहरूको तलब भत्ता रोकियो
सङ्घीय सरकारले स्वकीय सचिवको सुविधा कटौती गरेसँगै बागमती प्रदेशमा पनि सदस्यहरूका स्वकीय सचिवहरूको तलब भत्ता रोकियो
अमेरिकी नौसेनाका विमान र हेलिकोप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, चार वटा विमान गुमाउने क्रम जारी
अमेरिकी नौसेनाका विमान र हेलिकोप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, चार वटा विमान गुमाउने क्रम जारी
बंगलादेशमा नयाँ प्रधानमन्त्री तारिक रहमान, १६ महिनापछि निर्वाचित सरकारको सत्ता हस्तान्तरण
बंगलादेशमा नयाँ प्रधानमन्त्री तारिक रहमान, १६ महिनापछि निर्वाचित सरकारको सत्ता हस्तान्तरण
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
पोखरा महानगरले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेज संरचनाहरू हटाउने
पोखरा महानगरले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेज संरचनाहरू हटाउने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?