singel post top banner

मधेसका मुख्यमन्त्री : ‘सर्वोच्चको पत्र अझै पाएन, विश्वासको मत नआए राजीनामा दिन तैयार’

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, मंसिर १६, २०८२
134 Views
मधेसका मुख्यमन्त्री : ‘सर्वोच्चको पत्र अझै पाएन, विश्वासको मत नआए राजीनामा दिन तैयार’
समाचार सारांश
  • जनकपुरधाम ।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन जारी गरेको परमादेशको आधिकारिक पत्र आफूले अहिलेसम्म प्राप्त नगरेको बताएका छन्।

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन जारी गरेको परमादेशको आधिकारिक पत्र आफूले अहिलेसम्म प्राप्त नगरेको बताएका छन्।

सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई संविधानको प्रावधानअनुसार अत्यन्तै सीमित समयभित्र विश्वासको मत लिन आदेश दिएको थियो। तर आदेशको पत्र प्राप्त नभएकै कारण उनले त्यसबारे औपचारिक जानकारी पाउन बाँकी रहेको बताए।

मुख्यमन्त्री यादवले भने, “अब केही बेरपछि मेल खोल्छु, चिठी आएको छ कि छैन भन्ने हेर्छु।” उनले सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यादवले विश्वासको मत हासिल गर्ने प्रक्रियाबारे राजनीतिक परामर्शहरू अघि बढाइसकिएको भन्दै विश्वासको मत नपाए राजीनामा दिन तयार रहेको संकेत दिएका छन्।
उनका अनुसार, “सर्वोच्चको परमादेशलाई शिरोधार्य गरी विश्वासको मत लिनका लागि परामर्श अगाडि बढाएको छु। विश्वासको मत लिन सक्ने वा नसक्ने पहिल्यै थाहा भैहाल्छ। नसक्ने स्थिति आयो भने राजीनामा दिन्छु।”

सर्वोच्चको आदेशपछि मधेस प्रदेशको राजनीतिक वृत्तमा चहलपहल बढेका छन् भने सत्ता समीकरणमा फेरबदलको सम्भावना पनि तीव्र भएको विश्लेषकहरूको आकलन छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचन आयोगको निर्णयप्रति सांसद आनन्दप्रसाद ढुङ्गानाको गम्भीर चिन्ता
निर्वाचन आयोगको निर्णयप्रति सांसद आनन्दप्रसाद ढुङ्गानाको गम्भीर चिन्ता
सर्वोच्च अदालतमा महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै रिट दायर
सर्वोच्च अदालतमा महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै रिट दायर
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
रौतहटमा खाजा घरबाट गाँजासहित एक जना पक्राउ
रौतहटमा खाजा घरबाट गाँजासहित एक जना पक्राउ
लेटाङमा १३ वर्षीया बालिका अंशुको निर्मम हत्या: बलात्कार र हत्या आशंकामा अनुसन्धान जारी।
लेटाङमा १३ वर्षीया बालिका अंशुको निर्मम हत्या: बलात्कार र हत्या आशंकामा अनुसन्धान जारी।
नुवाकोटको सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर, बाढीपीडित ज्येष्ठ नागरिकलाई राहत
नुवाकोटको सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर, बाढीपीडित ज्येष्ठ नागरिकलाई राहत
कतारमा रहेका नेपालीलाई दूतावासले सुरक्षा निर्देशन पालना गर्न आग्रह
कतारमा रहेका नेपालीलाई दूतावासले सुरक्षा निर्देशन पालना गर्न आग्रह
हेटौँडा सिमेन्ट उद्योगमा मर्मतपछि पुनः उत्पादन सुरु
हेटौँडा सिमेन्ट उद्योगमा मर्मतपछि पुनः उत्पादन सुरु
मधेश प्रदेश सरकारले खर्च व्यवस्थापनका लागि कडा निर्देशन जारी
मधेश प्रदेश सरकारले खर्च व्यवस्थापनका लागि कडा निर्देशन जारी
सशस्त्र प्रहरीको गस्तीले लाखौं मूल्यको अवैध भारतीय कपडा र तीन मोटरसाइकल बरामद
सशस्त्र प्रहरीको गस्तीले लाखौं मूल्यको अवैध भारतीय कपडा र तीन मोटरसाइकल बरामद
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?