singel post top banner

रौतहटको गौर–चन्द्रपुर सडकखण्डमा तीन सवारी ठोक्किँदा ७ घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, मंसिर १६, २०८२
160 Views
रौतहटको गौर–चन्द्रपुर सडकखण्डमा तीन सवारी ठोक्किँदा ७ घाइते
समाचार सारांश
  • रौतहट ।
  • रौतहटको गौर–चन्द्रपुर सडकखण्डअन्तर्गत यमुनामाई गाउँपालिका–४ मा आज बिहान करिब ८:३० बजे तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

रौतहट । रौतहटको गौर–चन्द्रपुर सडकखण्डअन्तर्गत यमुनामाई गाउँपालिका–४ मा आज बिहान करिब ८:३० बजे तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय विजय साहको होटलसमेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार बडहरवाबाट आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियोले चपुरबाट गौरतर्फ गइरहेका विआर–०७–पिए–७५८४ नम्बरका अर्को स्कार्पियो र बाटोमै पार्क गरिएको ना.२ह–६५२५ नम्बरको अटो रिक्सा एकैपटक ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेहरूमा

  • बारा आदर्शकोतवाल–७ का ३० वर्षीय पवन यादव,

  • सर्लाही बरहथवा–१४ का ११ वर्षीय अंकित महतो,

  • गौर–२ का २४ वर्षीय स्कार्पियो चालक सुरेन्द्र कुमार साह,

  • राजदेवी–८ का ५० वर्षीय शिवजी साह,

  • मुनामाई–५ का ३९ वर्षीय मंगल पटेल,

  • राजपुर–३ का १० वर्षीय तारिक वस्ता लगायत एक अन्य व्यक्ति रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनापछि टोली तत्कालै घटनास्थल पुगेको र तीनै सवारीसाधन नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरिएको छ। घाइते सबैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्वोच्च अदालतमा रिट दर्ता: प्रहरी कार्यालय र हिरासतमा अनिवार्य सीसीटीभी जडानको माग
सर्वोच्च अदालतमा रिट दर्ता: प्रहरी कार्यालय र हिरासतमा अनिवार्य सीसीटीभी जडानको माग
केवाइसी अपडेटको बहानामा ५० लाख ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ
केवाइसी अपडेटको बहानामा ५० लाख ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ
जनकपुरधाममा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव : दोस्रो दिन ‘फूलबारी लीला’ भव्य रूपमा सम्पन्न
जनकपुरधाममा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव : दोस्रो दिन ‘फूलबारी लीला’ भव्य रूपमा सम्पन्न
लहानबाट फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
लहानबाट फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
नेपाल-भारत कनेक्टिविटी: सुनौली-गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा
नेपाल-भारत कनेक्टिविटी: सुनौली-गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा
दुबई विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागी र उडान सेवा बन्द
दुबई विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागी र उडान सेवा बन्द
भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा
भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा
मधेश प्रदेशमा गर्मीको लहर बढ्यो, जनजीवन प्रभामधेश प्रदेशमा वित
मधेश प्रदेशमा गर्मीको लहर बढ्यो, जनजीवन प्रभामधेश प्रदेशमा वित
सर्लाहीमा प्रहरीले १०३ किलो गाँजा सहित २ वटा एम्बुलेन्स नियन्त्रणमा लिए
सर्लाहीमा प्रहरीले १०३ किलो गाँजा सहित २ वटा एम्बुलेन्स नियन्त्रणमा लिए
भारतको ७७औं गणतन्त्र दिवस: दिल्लीमा शक्ति प्रदर्शन र सांस्कृतिक झलक
भारतको ७७औं गणतन्त्र दिवस: दिल्लीमा शक्ति प्रदर्शन र सांस्कृतिक झलक
singel sidbar banner
singel sidbar banner 2