singel post top banner

दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ : एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, मंसिर १५, २०८२
146 Views
दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छ : एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ
समाचार सारांश
  • काठमाडौं ।
  • नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई फेरि बन्द गर्नुपर्ने बताएका छन्।

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई फेरि बन्द गर्नुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा उनले नेपालमा व्यवसाय गर्न चाहने सबै कम्पनीले अनिवार्य रूपमा नेपालको कानुन मान्नुपर्ने र दर्ता प्रक्रियाबाट गुज्रिनुपर्ने प्रष्ट पारे।

गुरुङ सञ्चारमन्त्री रहेका बेला नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको थियो। तर जेनजी आन्दोलनका कारण ती प्लेटफर्महरू पुनः खुला भएका थिए। उनले अहिले विशेष परिस्थितिका कारण नियमनबाहिर रहेका सामाजिक सञ्जालहरू खुला राखिएको भए पनि दीर्घकालीन रूपमा यस्ता प्लेटफर्महरू बन्द हुनुपर्ने दाबी गरे।

उनका अनुसार नेपालजस्तो मुलुकमा साना व्यवसायले समेत स्थानीय प्रशासनमा दर्ता अनिवार्य भइकन अर्बौँको कारोबार गर्ने सामाजिक सञ्जाल कम्पनीले दर्ता नगर्ने प्रवृत्ति स्वीकार्य छैन। “नेपालमा व्यवसाय गर्न आउने सबैले संविधान र कानुन मान्नुपर्छ। दर्ता नगर्ने, कानुन नमानेर देशलाई हेप्ने रवैया अब सह्य हुँदैन,” उनले भने।

गुरुङले आफूले मन्त्री हुँदा ती कम्पनीहरूलाई १३ महिनाको समय दिएर नेपालमा दर्ता हुन आग्रह गरे पनि उनीहरूले बेवास्ता गरेको उल्लेख गरे। “हामीलाई सानो देश, गरिब सरकार भनेर हेपियो,” उनले आरोप लगाए।

हाल वैकल्पिक नेपाली तथा अन्तर्राष्ट्रिय एपहरू बजारमा तीव्र रूपमा विस्तार हुँदै गएको उल्लेख गर्दै उनले नेपालमा दर्ता नभएका कम्पनीहरूलाई बन्द गर्दा प्रयोगकर्तालाई विकल्प उपलब्ध गराउने नीति अवलम्बन गर्नुपर्ने बताए। “रेगुलेसन अत्यन्तै आवश्यक छ। विकल्प दिएर मात्रै बन्द गर्नुपर्ने समय फेरि आउँछ,” उनले जोड दिए।

गुरुङका अनुसार सामाजिक सञ्जालले नेपालको कानुन, स्वाधीनता र स्वाभिमानलाई चुनौती दिन नहुने भएकाले सरकार ढीलाइ नगरी सशक्त नियमनमा जानुपर्ने आवश्यकता छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१३८ ग्राम सुनका गरगहना चोरी आरोमा एक अभियुक्त पक्राउ
१३८ ग्राम सुनका गरगहना चोरी आरोमा एक अभियुक्त पक्राउ
बाजुरा जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध १८०६ किशोरीलाई खोप लगाइँदै
बाजुरा जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध १८०६ किशोरीलाई खोप लगाइँदै
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
२०२५: परिवर्तनको वर्ष, भारत–चीनको उदय, जलवायु संकट र प्रविधि प्रतिस्पर्धा
२०२५: परिवर्तनको वर्ष, भारत–चीनको उदय, जलवायु संकट र प्रविधि प्रतिस्पर्धा
छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
singel sidbar banner
singel sidbar banner 2