singel post top banner

राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँमा जङ्गली जनावरको आक्रमणबाट खत्रीको मृत्यु।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
163 Views
राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँमा जङ्गली जनावरको आक्रमणबाट खत्रीको मृत्यु।
समाचार सारांश
  • राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ।
  • शुक्रबार अपराह्न करिब २ः०० बजे, खत्री स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएको बेला अचानक बेपत्ता भएको थिए।

राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ।

शुक्रबार अपराह्न करिब २ः०० बजे, खत्री स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएको बेला अचानक बेपत्ता भएको थिए। आज बिहानसम्म परिवारसँग सम्पर्कमा नआएपछि, स्थानीयवासी र प्रहरी टोलीले जंगलमा खोजी गर्दा उनको शव भेटिएको हो। प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नगेन्द्र शाहीले जानकारी दिए।

उनका अनुसार, शव जङ्गलको चिल्लेपाटामा रिम्ना सामुदायिक वनको क्षेत्रमा फेला परेको हो। शव परीक्षण र अन्य आवश्यक प्रक्रिया अघि बढाउन बाँके राष्ट्रिय निकुञ्जसँग समन्वय गरिएको छ।

प्रहरी र स्थानीयवासीको संयुक्त खोजीले शव भेटिएपछि, घटनाको प्रकृति हेर्दा बाघले नै आक्रमण गरेको हुनसक्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए।

‘बाघ वा चितुवाले आक्रमण गरेको हुनुपर्छ, घटनास्थलको प्रकृति हेर्दा बाघको आक्रमण जस्तो देखिन्छ,’ उनले भने, ‘हामीले घटनास्थलमा क्यामेरा जडान गर्नेछौं, क्यामेरामा कैद भएका आधारमा पुष्टि हुनेछ।’

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कांग्रेसको विवाद: देउवा पक्षले निर्वाचन आयोगको निर्णय अस्वीकार र सर्वोच्च अदालत जाने घोषणा
कांग्रेसको विवाद: देउवा पक्षले निर्वाचन आयोगको निर्णय अस्वीकार र सर्वोच्च अदालत जाने घोषणा
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न
सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति
सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि ७३ पदमा जागिरको लागि आवेदन माग्यो
स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि ७३ पदमा जागिरको लागि आवेदन माग्यो
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिस्कार: ‘नेपाली जेलेन्स्की’ र ‘युक्रेन’ बन्ने खतराको चेतावनी
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिस्कार: ‘नेपाली जेलेन्स्की’ र ‘युक्रेन’ बन्ने खतराको चेतावनी
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रवि लामिछानेबीच भेटवार्ता
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रवि लामिछानेबीच भेटवार्ता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?