singel post top banner

आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, फाल्गुन २९, २०८१
450 Views
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
समाचार सारांश
  • काठमाडौं, फागुन २९ ।
  • फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।

काठमाडौं, फागुन २९ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ। आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको मानिन्छ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा शुक्रबार होली मनाइँदै छ।

यो चाडमा थकाली रङ्गीबिरङ्गी पोशाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन्। सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ।

फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ। इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ। चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ। यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ।

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यजनक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ।

यसैगरी श्रीलङ्का र इन्डोनेशियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेशियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ। रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

तेहरानमा जारी प्रदर्शन र मानव अधिकार उल्लंघन: २ हजारभन्दा बढीको मृत्यु
तेहरानमा जारी प्रदर्शन र मानव अधिकार उल्लंघन: २ हजारभन्दा बढीको मृत्यु
बक्यौता तिरेको महसुल नबुझाएको कारण डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गर्ने ३० वटा उद्योगको विद्युत् लाइन काटिएको निर्णय, ऊर्जा मन्त्री कुलमान घिसिङको विवादास्पद कदम
बक्यौता तिरेको महसुल नबुझाएको कारण डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गर्ने ३० वटा उद्योगको विद्युत् लाइन काटिएको निर्णय, ऊर्जा मन्त्री कुलमान घिसिङको विवादास्पद कदम
खगेन्द्र सुनारलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा पनि प्रतिवादी
खगेन्द्र सुनारलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा पनि प्रतिवादी
एनपीएलमा सट्टेबाजी: ९ भारतीय र १ नेपालीसहित १० जना पक्राउ, २ करोड ५ लाखको कारोबार
एनपीएलमा सट्टेबाजी: ९ भारतीय र १ नेपालीसहित १० जना पक्राउ, २ करोड ५ लाखको कारोबार
जेनजी आन्दोलनका क्रममा ११ जिल्ला र ७ इलाका प्रशासन कार्यालयमा क्षति, अनुमानित क्षति ३८ करोड ८० लाख रुपैयाँ
जेनजी आन्दोलनका क्रममा ११ जिल्ला र ७ इलाका प्रशासन कार्यालयमा क्षति, अनुमानित क्षति ३८ करोड ८० लाख रुपैयाँ
पाकिस्तानको सरगोधा जिल्लामा घना कुहिरोका कारण सडक दुर्घटना, जनाको मृत्यु
पाकिस्तानको सरगोधा जिल्लामा घना कुहिरोका कारण सडक दुर्घटना, जनाको मृत्यु
सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन
सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन
जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
कटहरिया नगरपालिकामा दुईदिनमै दुई किशोरीको आत्महत्या, तनाव फैलिएको
कटहरिया नगरपालिकामा दुईदिनमै दुई किशोरीको आत्महत्या, तनाव फैलिएको
सिराहा प्रहरीले अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइयो
सिराहा प्रहरीले अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइयो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?