singel post top banner

चितवनमा ६ लाख २३ हजारको पटाकासहित दुई भारतीय नागरिक पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १९, २०८३
16 Views
चितवनमा ६ लाख २३ हजारको पटाकासहित दुई भारतीय नागरिक पक्राउ
समाचार सारांश
  • चितवन ।
  • चितवन प्रहरीले ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाका र विस्फोटक पदार्थसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

चितवन । चितवन प्रहरीले ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाका र विस्फोटक पदार्थसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र र रकेटलगायतका ८० हजार ३७२ वटा पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका–६, हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही जिल्लाका २९ वर्षीय कन्हैया कुमार छन्। कन्हैया भरतपुर महानगरपालिका–३, बाह्रघरेमा बस्दै आएका थिए।

प्रहरीका अनुसार उनीहरूको साथबाट एक लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद भएको छ। पक्राउ परेका दुवै जनामाथि विस्फोटक पदार्थको ओसारपसार तथा सञ्चयलगायत कसुरमा म्याद थप गरी अनुसन्धान र कारबाही अघि बढाइने प्रहरी उपरीक्षक पौडेलले बताए।

पौडेलले पटाकाजस्ता विस्फोटक पदार्थको कारोबारबारे जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू: यस्ता छन्
मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू: यस्ता छन्
राष्ट्रिय सभामा आज मन्त्रालयगत छलफल, बजेट सम्बन्धी प्रश्नको जवाफ दिं‌दै
राष्ट्रिय सभामा आज मन्त्रालयगत छलफल, बजेट सम्बन्धी प्रश्नको जवाफ दिं‌दै
मधेस प्रदेशमा ९ दिनदेखि जारी शीतलहरले जनजीवन कष्टकर, स्वास्थ्य र जनावरहरू प्रभावित
मधेस प्रदेशमा ९ दिनदेखि जारी शीतलहरले जनजीवन कष्टकर, स्वास्थ्य र जनावरहरू प्रभावित
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आगामी निर्वाचनलाई सुरक्षा चुनौतीहरूबीच सफल बनाउने चेतावनी
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आगामी निर्वाचनलाई सुरक्षा चुनौतीहरूबीच सफल बनाउने चेतावनी
राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदानलाई गौरवसाथ स्मरण गर्दै
राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदानलाई गौरवसाथ स्मरण गर्दै
जनकपुरधाममा रास्वपाको नेता बालेन्द्र शाहले बिहानै जानकी मन्दिर पुगे
जनकपुरधाममा रास्वपाको नेता बालेन्द्र शाहले बिहानै जानकी मन्दिर पुगे
सिरहाका सत्यनारायण साफीको संघर्ष र सफलता: गरिबीलाई चुनौती दिएर डाक्टर बन्ने प्रेरणादायक कथा
सिरहाका सत्यनारायण साफीको संघर्ष र सफलता: गरिबीलाई चुनौती दिएर डाक्टर बन्ने प्रेरणादायक कथा
मुग्ला गाउँपालिका-५ पुलु बजारमा पहिरोले तीन वर्षीय बालकको मृत्यु, उद्धार कार्य जारी
मुग्ला गाउँपालिका-५ पुलु बजारमा पहिरोले तीन वर्षीय बालकको मृत्यु, उद्धार कार्य जारी
सप्तरीमा पत्रकार देवराम यादवमाथि आक्रमण: दोषीलाई कारबाही गर्न माग
सप्तरीमा पत्रकार देवराम यादवमाथि आक्रमण: दोषीलाई कारबाही गर्न माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?