नेपालमा सञ्चालित ५८ एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम
- काठमाडौं ।
- नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।
काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ। विभिन्न नाम र ब्रान्डमा सञ्चालित उद्योगलाई गाभ्ने नीति कार्यान्वयनका लागि निगमले उद्योगहरूलाई कार्ययोजना बनाउन आग्रह गरेको हो।
निगमका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा ग्यास उद्योग गाभ्ने नीतिलाई निरन्तरता दिने व्यवस्था छ। हाल नेपालमा विभिन्न ब्रान्डका ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।
यसैअनुसार निगमले कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने प्रक्रियालाई प्रोत्साहन गर्न र आवश्यक कार्ययोजना बनाई प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।
उद्योगहरू गाभ्ने नीतिले ग्यासको बिक्री तथा वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने निगमको अपेक्षा छ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






