चितवनमा पत्रकारको सामाजिक सुरक्षा र सहजीकरणका लागि मन्त्री जगदीश खरेलको प्रतिबद्धता
- चितवन — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन्।
- उनले नेपाल पत्रकार महासंघ चितवन शाखाको निरीक्षणपछि बोल्दै अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न थालेको जानकारी दिए।
चितवन — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन्। उनले नेपाल पत्रकार महासंघ चितवन शाखाको निरीक्षणपछि बोल्दै अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न थालेको जानकारी दिए।
मन्त्री खरेलले पत्रकारको कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने गरी चितवन शाखालाई अन्य शाखाको तुलनामा राम्रो रहेको बताए। उनले पत्रकारहरूको समस्या समाधानका लागि सरकार केही आधारशिला तयार गर्दै आएको पनि उल्लेख गरे। साथै, उनले भने, “लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यममा पुर्याउन जरुरी छ।”
निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराएका थिए। यसै क्रममा, मन्त्री खरेलले समाचार सङ्कलनको क्रममा दुर्घटनामा परेका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकालसँग भेट गरेका छन्।
मन्त्री खरेलले ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रुपमा काम गर्नका लागि आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका हुन्। सोही क्रममा, उनले सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई टेलिफोन गरी टेलिभिजनका लागि गर्न सक्ने सहयोगको निर्देशन दिए।
पत्रकार ढकालले आफू टेलिभिजनको प्रत्यक्ष प्रसारणका लागि जाने क्रममा दुर्घटना भएको भन्दै रोजगारको स्थायित्व र सुनिश्चितता गर्न आग्रह गरेका थिए। असोज महिनामा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनको क्रममा भएको दुर्घटनामा परेका ढकालको स्वास्थ्यमा क्रमिक सुधार भएको छ। उहाँ विगत तीन महिनादेखि उपचारका क्रममा हुनुहुन्छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






