काभ्रेपलाञ्चोकमा ओभरलोड टिपर सञ्चालनमा नियमन
- काभ्रेपलाञ्चोक – जिल्लामा सञ्चालन भइरहेको मालबहाक सवारी टिपरलाई अबदेखि नियमन गरिएको छ।
- जिल्ला प्रशासन कार्यालय धुलिखेलले टिपरको ओभरलोड, पानीसहितको निर्माण सामग्री ढुवानी तथा अन्य अनियमितता नियन्त्रण गर्न चार बुँदे निर्णय गरेको हो।
काभ्रेपलाञ्चोक – जिल्लामा सञ्चालन भइरहेको मालबहाक सवारी टिपरलाई अबदेखि नियमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलले टिपरको ओभरलोड, पानीसहितको निर्माण सामग्री ढुवानी तथा अन्य अनियमितता नियन्त्रण गर्न चार बुँदे निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको नदीजन्य पदार्थ ढुवानी र ट्राफिक व्यवस्थापन सम्बन्धी बैठकले यस्तो निर्णय गरेको हो। यस बैठकले काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहभित्र सञ्चालन भइरहेका नदीजन्य पदार्थ खानी, क्रसर उद्योग र निर्माण सामग्री ढुवानीमा समस्या आउन नदेने उद्देश्यले कडाइ गर्न थालेको हो।
बैठकले निर्णय गरेको अनुसार, नदीजन्य पदार्थ जस्तै ढुङ्गा, गिट्टी, बालुवा आदि ओभरलोड गरी पानीसहितको रुपमा सडकमा गुडाउने गतिविधि रोक्न भनिएको छ। यसले सडक, सुरक्षा र ट्राफिक व्यवस्थापनमा समस्या ल्याउँदै आएकोले आगामी दिनमा यस्तो अनियमितता गर्न नपाइने व्यवस्था मिलाइएको हो।
त्यसैगरी, पासअनुमति लिएका टिपरले निर्माण सामग्री बाहेक अन्यत्र लैजान नपाउने र सम्बन्धित आयोजना प्रमुखले यसलाई कडाइका साथ अनुगमन गर्नुपर्ने निर्णय भएको छ। साथै, पास नभएका टिपरलाई सम्बन्धित टिपर व्यवसायीलाई जानकारी गराउने र स्थानीय तहका जनप्रतिनिधिद्वारा प्रभावकारी अनुगमन गरिने पनि निर्णयमा उल्लेख गरिएको छ।
निर्णय अनुसार, काभ्रेपलाञ्चोकमा रात्री ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै निर्माण सामग्री ढुवानीका लागि टिपर सञ्चालन गर्न अनुमति दिइएको छ। यदि यस नियमको उल्लंघन भएमा कानुनी कारबाही समेत हुने जनाएको छ।
यस निर्णयले जिल्लामा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र निर्माण सामग्रीको सही ढंगले प्रयोग सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






