singel post top banner

कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, फाल्गुन २२, २०८१
139 Views
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
समाचार सारांश
  • सञ्जय चौधरी, रत्ननगर ।
  • चितवनको कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण एंव सचेतनामूलक कार्यक्रम गरिएको छ ।

सञ्जय चौधरी, रत्ननगर । चितवनको कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण एंव सचेतनामूलक कार्यक्रम गरिएको छ । कालिका नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा पालिकाका २२ वटै सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई वन डढेलो नियन्त्रणका लागि सतर्क गराउन अभिमुखिकरण दिईएको हो ।

फागुनदेखि वैशाखसम्म डढेलो लाग्ने सम्भावना भएकाले नियन्त्रणका लागि समुदायस्तरबाट सहयोग अपरिहार्य रहेकाले सचेतना कार्यक्रमलाई जोड दिइएको वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष बिरेन्द्र तामाङले जानकारी दिए । वन डढेलोले जनधन, वन र जैविक विविधतामा असर पर्ने भएकाले सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण एंव सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनको भनाईछ । गर्मी समयमा आगलागीका घटना बढ्ने हुँदा यो बेला सबै चनाखो बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिकाका नगर प्रमुख विनोद रेग्मीले हरेक वर्ष निश्चित व्यक्तिहरुले वन जंगलमा डढेलो लगाउने गरेको पाईएको बताए । बन डढेलो लाग्नै नदिन समुदाय स्तरबाटै सचेतना फैलाउनुपर्ने आवश्यक रहेकोमा उनले जोड दिए । वन जंगलमा डढेलो लगाई क्षति गर्ने, अबैध ढंगबाट नदीजन्य पदार्थ ओसारपसार गर्नेलाई कडा भन्दा कडा बारबाही सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिले गर्नुपर्ने बताए ।

वनमा लाग्ने ९९ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने हुँदा यसलाई नियन्त्रणगर्ने सबै सरोकारवाला सचेत बन्न आवश्यक रहेको बताए । वनजंगलमा डढेलो लागेको पाईएमा तत्कालै नियन्त्रणमा लिनुपर्ने नगर प्रमुख रेग्मीले सुझाव दिए ।

वन वातावरण तथा विपद् व्यवस्थापन समितिकी सदस्य ज्योती सुनारले मानवीय कारणलेनै वनमा डढेलो धेरै लाग्नेहुनाले यसको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताईन् । वन आम्दानीको बलियो स्रोत समेत भएकाले यसको संरक्षण गरि लाभ लिन सक्नुपर्ने उनको भनाईछ ।

कार्यक्रममा डिभिजन वन कार्यालय चितवनका वन अधिकृत बालकृष्ण खनाल र कालिकाका ईन्जिनियर राजेश कोईरालाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

नगरले डढेलो नलगाउनका लागि सचेतनामूलक कार्यक्रम, प्रचार प्रसारलाई समेत जोड दिँदै आएको छ । सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।

डढेलोबाट भुइँमा झरेको रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको बासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने तथा वनमा लागेको आगो नजिकको गाउँघरमा सरी धनजनको क्षति हुने जोखिम बढ्ने बताइन्छ ।

वन डढेलोले कम्तीमा १० प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड (घ) अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीन वर्ष कैद वा ६० हजारसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान रहेको छ ।

वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, कालिका १ का वडा अध्यक्ष सन्तवीर स्यङदान, २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु लगाएत ४९ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन कालिकाका योजना शाखा प्रमुख प्रकाश चन्द्र पौडेलले गरेका थिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो
सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो
छठपर्व मनाउन काठमाडौँ महानगरपालिकाले तोकेको आठ स्थान; सरसफाइ र व्यवस्थापनमा तयारी पूरा।
छठपर्व मनाउन काठमाडौँ महानगरपालिकाले तोकेको आठ स्थान; सरसफाइ र व्यवस्थापनमा तयारी पूरा।
सर्लाहीमा जसपाका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटना, दुई जना घाइते
सर्लाहीमा जसपाका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटना, दुई जना घाइते
झापा निर्वाचन परिणामको तयारी: मतपेटिका संकलन, मतगणना र शान्तिपूर्ण मतदान
झापा निर्वाचन परिणामको तयारी: मतपेटिका संकलन, मतगणना र शान्तिपूर्ण मतदान
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
सर्लाहीको लालबन्दीमा ५२ केजी गाँजासहित युवक पक्राउ
सर्लाहीको लालबन्दीमा ५२ केजी गाँजासहित युवक पक्राउ
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे
प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?