singel post top banner

बझाङमा जिप दुर्घटना: दुई जनाको मृत्यु, पाँचसहित छ जना घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १९, २०८३
14 Views
बझाङमा जिप दुर्घटना: दुई जनाको मृत्यु, पाँचसहित छ जना घाइते
समाचार सारांश
  • धनगढी ।
  • बझाङको केदारस्युँ गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब १० बजे काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ की २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् । केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन् ।

स्थानीयले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाएका छन् । घटनास्थल पुग्न प्रहरीलाई करिब तीन घण्टा लाग्ने डीएसपी जोराले बताए । प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ ।

प्रहरीका अनुसार बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
धनुषामा: लुटपाट र मिटरव्याज पीडित महिलाको बीभत्स हत्या
धनुषामा: लुटपाट र मिटरव्याज पीडित महिलाको बीभत्स हत्या
विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोहको पर्दाफाश, पक्राउ, र कारबाही प्रक्रिया
विराटनगरमा नक्कली नागरिकता बनाउने गिरोहको पर्दाफाश, पक्राउ, र कारबाही प्रक्रिया
अमेरिकाको इरानमाथि शक्तिशाली हवाई आक्रमण: मध्यपूर्वमा तनाव तीव्र
अमेरिकाको इरानमाथि शक्तिशाली हवाई आक्रमण: मध्यपूर्वमा तनाव तीव्र
सम्भावित आक्रमणको जवाफ निर्णायक हुने इरानी रक्षामन्त्रीको चेतावनी
सम्भावित आक्रमणको जवाफ निर्णायक हुने इरानी रक्षामन्त्रीको चेतावनी
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
देशलाई उज्यालो भविष्यतिर लैजाने उज्ज्वल नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिबद्धता
देशलाई उज्यालो भविष्यतिर लैजाने उज्ज्वल नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिबद्धता
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न देउवा समूहको पूरक निवेदन दर्ता
सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न देउवा समूहको पूरक निवेदन दर्ता
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?