काठमाडौंमा अवैध रूपमा बस्दै आएका पाँच बङ्गलादेशी नागरिक पक्राउ
- काठमाडौँ।
- काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गरिरहेका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल (एपीएफ)ले नियन्त्रणमा लिएको छ।
काठमाडौँ। काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गरिरहेका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल (एपीएफ)ले नियन्त्रणमा लिएको छ।
एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाएको हो। नियन्त्रणमा पर्नेमा बङ्गलादेशी नागरिक मोहम्मद कुर्वान अली, जाहिंगिर आलम, रोनित रोय चौधरी र अकम अब्ल्लाह छन्। त्यस्तै, बङ्गलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा पनि पक्राउ परेका छन्।
रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौ जना बङ्गलादेशी नागरिकका १४ थान राहदानी फेला परेको प्रहरीले जनाएको छ। उक्त कोठाबाट आर्थिक लेनदेनको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत बरामद गरिएको छ।
यसैगरी, जाहिंगिर आलममाथि एक जना बङ्गलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ।
पाँचै जनालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






