singel post top banner

वालिङमा पूर्णामृत भवानी माविको जग्गा सशस्त्र प्रहरीलाई दिने निर्णयमा विवाद

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक १६, २०८३
17 Views
वालिङमा पूर्णामृत भवानी माविको जग्गा सशस्त्र प्रहरीलाई दिने निर्णयमा विवाद
समाचार सारांश
  • स्याङ्जा ।
  • वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय विवादमा परेको छ।

स्याङ्जा । वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय विवादमा परेको छ। विद्यालयको सहमतिबिना जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालयले विरोध जनाएको छ।

गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले वालिङ नगरपालिका–८ स्थित विद्यालयको नाममा रहेको कित्ता नम्बर ४८२ को २९ रोपनी ५ आना २ पैसा १ दाम जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको थियो। साथै, प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको थियो।

निर्णयप्रति असहमति जनाउँदै विद्यालयले शुक्रबार प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेलाई विरोधपत्र बुझाएको छ। विद्यालयले आफ्नो चल–अचल सम्पत्ति शैक्षिक गतिविधिका लागि उपयोग गर्न पाउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

वालिङ र आसपासका क्षेत्रको सुरक्षा व्यवस्थाका लागि २०६० सालमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गुल्म हेडक्वार्टरका लागि जग्गा व्यवस्थापन गर्न सरकारले अधिग्रहण प्रक्रिया अघि बढाएको हो। हाल गुल्म विद्यालयकै स्वामित्वमा रहेको जग्गामा बस्दै आएको छ।

विद्यालयका अनुसार उक्त जग्गा दाताबाट प्राप्त भएको हो र भविष्यमा शैक्षिक प्रयोजनमा उपयोग गर्ने योजना छ। मेडिकल, वनविज्ञान, इन्जिनियरिङ, कृषि तथा बायोइन्जिनियरिङलगायत विषयको पढाइ सञ्चालन गर्ने योजना रहेकाले जग्गा दिन नसकिने विद्यालयले जनाएको छ।

प्रधानाध्यापक दीपक लम्सालका अनुसार गत भदौ ५ गते वालिङ नगरपालिकाको सभाहलमा सरोकारवालाको भेला गरी जग्गाबारे छलफल र सुझाव संकलन गरिएको थियो। छलफल जारी रहेकै बेला कात्तिक ११ गते सशस्त्र प्रहरी बलको ३० नम्बर गुल्मले जग्गा प्राप्तिसम्बन्धी सूचना टाँस गरेपछि विद्यालयले आपत्ति जनाएको हो।

विद्यालयले बढ्दो जनसंख्या र शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै उक्त जग्गामा बालमैत्री उद्यान निर्माण गर्ने र प्राविधिक विषयको पढाइ विस्तार गर्ने योजना अघि सारेको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग सहमति नगरी गरिएको निर्णय पुनर्विचार गर्न उसले माग गरेको छ।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार जग्गा अधिग्रहणको प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ। गुल्मपतिबाट प्रतिवेदन प्राप्त भएपछि १५ दिने सार्वजनिक सूचना जारी गरिनेछ। उक्त अवधिमा प्राप्त सुझाव तथा उजुरीका आधारमा रायसहितको फाइल गृह मन्त्रालय पठाइने उनले बताए।

सशस्त्र प्रहरीको उचित व्यवस्थापन आवश्यक भए पनि त्यसका लागि बालबालिकाको शैक्षिक वातावरण र विद्यालयको भविष्यमा असर पर्ने गरी निर्णय गर्न नहुने विद्यालयको भनाइ छ। दीर्घकालीन प्रभाव पार्ने विषयमा सबै सरोकारवालासँग छलफल र सहमतिका आधारमा समाधान खोज्न विद्यालयले आग्रह गरेको छ।

विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवार छलफलका लागि खुला रहेको जनाउँदै विद्यालयले जारी गरेका सूचनालाई बेवास्ता गर्दा उत्पन्न हुने परिणामप्रति सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए
बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए
Breaking: 68 Passengers Escape Unhurt After Aircraft Overshoots Runway at Benin Airport, Nigeria
Breaking: 68 Passengers Escape Unhurt After Aircraft Overshoots Runway at Benin Airport, Nigeria
बर्दिबासमा रहस्यमय मृत्यु: आत्महत्या वा हत्या? प्रहरीको गहिरो अनुसन्धान जारी
बर्दिबासमा रहस्यमय मृत्यु: आत्महत्या वा हत्या? प्रहरीको गहिरो अनुसन्धान जारी
मकवानपुरमा १०९.०९६ किलोग्राम गाँजा सहित दुई व्यक्तिहरू पक्राउ
मकवानपुरमा १०९.०९६ किलोग्राम गाँजा सहित दुई व्यक्तिहरू पक्राउ
काभ्रेपलाञ्चोक: वर्षाका कारण जोखिम, बीपी राजमार्गमा सवारी आवागमन होल्ड
काभ्रेपलाञ्चोक: वर्षाका कारण जोखिम, बीपी राजमार्गमा सवारी आवागमन होल्ड
नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण र संसद् अधिवेशन तयारी सुरु, स्थायी सभाभवन निर्माणमा प्रगति
नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण र संसद् अधिवेशन तयारी सुरु, स्थायी सभाभवन निर्माणमा प्रगति
नेपाली कांग्रेसले काठमाडौंमा आज ६ स्थानमा चुनावी सभाको आयोजना, वरिष्ठ नेताहरूले सम्बोधन गर्ने
नेपाली कांग्रेसले काठमाडौंमा आज ६ स्थानमा चुनावी सभाको आयोजना, वरिष्ठ नेताहरूले सम्बोधन गर्ने
प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ
प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?