singel post top banner

नयाँ पत्रिका कार्यालयमा पत्रकार पक्राउ गर्न खोजेको घटनाबारे प्रहरीको विज्ञप्ति हटाइयो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, कार्तिक १५, २०८३
12 Views
नयाँ पत्रिका कार्यालयमा पत्रकार पक्राउ गर्न खोजेको घटनाबारे प्रहरीको विज्ञप्ति हटाइयो
समाचार सारांश
  • काठमाडौं ।
  • पत्रकार पक्राउ गर्न खोजिएको घटनाबारे नेपाल प्रहरीले स्पष्टीकरण दिँदै जारी गरेको विज्ञप्ति हटाएको छ।

काठमाडौं । पत्रकार पक्राउ गर्न खोजिएको घटनाबारे नेपाल प्रहरीले स्पष्टीकरण दिँदै जारी गरेको विज्ञप्ति हटाएको छ। प्रवक्ता अभिनारायण काफ्लेले गएराति १ः४० बजे ह्वाट्सएप समूहमा पठाएको विज्ञप्ति प्रहरीले शनिबार बिहान हटाएको हो।

विज्ञप्तिमा सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाउनु प्रहरीको नियमित कार्यसम्पादनअन्तर्गतको कदम भएको र यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नभएको दाबी गरिएको थियो। प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका समाचार तथा सन्देशको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिन सञ्चारकर्मीलाई बोलाइएको विज्ञप्तिमा उल्लेख थियो।

शुक्रबार नेपाल प्रहरीले नयाँ पत्रिका कार्यालयमा करिब साढे दुई घण्टा घेराउ गर्दै पत्रकार पक्राउ गर्न खोजेको थियो। केही पत्रकारलाई पक्राउ गरेपछि छाडिएको थियो।

घटनाबारे प्रधानमन्त्रीको सचिवालय र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनभिज्ञता जनाएको थियो। तर प्रहरीले राति जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्यालयको चासोपछि साइबर ब्युरोले सञ्चारकर्मीलाई बोलाएको उल्लेख थियो।

प्रहरीका अनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रहरीविरुद्ध गलत समाचार तथा सन्देश निरन्तर फैलिएको विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको थियो। त्यसले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक असर पर्न सक्ने प्रहरीको भनाइ थियो।

विज्ञप्तिमा नेपाल प्रहरी प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको थियो। तथापि, विज्ञप्ति हटाइएको विषयमा प्रहरीले छुट्टै स्पष्टीकरण दिएको छैन।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौंमा नेकपा एमाले सम्बन्धित विद्यार्थी संगठन अनेरास्ववियुको विरोध प्रदर्शन
काठमाडौंमा नेकपा एमाले सम्बन्धित विद्यार्थी संगठन अनेरास्ववियुको विरोध प्रदर्शन
डेडिकेटेड फिडर विवाद : दोस्रो किस्ता असुलीमा विद्युत् प्राधिकरण कडा
डेडिकेटेड फिडर विवाद : दोस्रो किस्ता असुलीमा विद्युत् प्राधिकरण कडा
हेटौँडाबाट लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ
हेटौँडाबाट लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ
सम्पत्ति छानबिन आयोगको नयाँ निर्णय: न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति जाँच रोकिएन
सम्पत्ति छानबिन आयोगको नयाँ निर्णय: न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति जाँच रोकिएन
दीर्घकालीन नियुक्ति नगर्न चुनावी सरकारलाई राष्ट्रिय एकता दलको चेतावनी
दीर्घकालीन नियुक्ति नगर्न चुनावी सरकारलाई राष्ट्रिय एकता दलको चेतावनी
दोस्रो चितवन मह उत्सव सफल, महको गुणस्तर र बजारिकरणमा सफलता प्राप्त
दोस्रो चितवन मह उत्सव सफल, महको गुणस्तर र बजारिकरणमा सफलता प्राप्त
नसर्ने रोगको पहिचान र उपचारका लागि व्यापक स्वास्थ्य अभियान सञ्चालन
नसर्ने रोगको पहिचान र उपचारका लागि व्यापक स्वास्थ्य अभियान सञ्चालन
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
निर्वाचन कानुन संशोधन नहुँदा, नेपाली राजनीतिक नेताहरूको उम्मेदवारी र सांसद पदको अयोग्यताको स्थिति जटिल
निर्वाचन कानुन संशोधन नहुँदा, नेपाली राजनीतिक नेताहरूको उम्मेदवारी र सांसद पदको अयोग्यताको स्थिति जटिल
सरकारले घटना जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्न स्वीकृति
सरकारले घटना जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्न स्वीकृति
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?