झापाबाट १५० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
समाचार सारांश
- काठमाडौँ ।
- प्रहरीले झापाबाट करिब १५० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ । प्रहरीले झापाबाट करिब १५० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट लागुऔषध लिएर आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए।
ब्युरोको काँकरभिट्टा शाखाबाट खटिएको टोलीले झापा गाउँपालिका–१ स्थित तालमाराबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जना नेपाली नागरिक हुन्। उनीहरूले लागुऔषध कारोबारमा भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
संसद बैठक: सभामुख निर्वाचना र राष्ट्रियसभाको बैठक आज तय
जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारी वर्षाको सम्भावनाका कारण उच्च सतर्कता अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
नेपाल राष्ट्र बैंक ऐन संशोधन: सर्वसम्मत निर्णय र आर्थिक सुधारको दिशा
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
विराटनगर सुनसरी र इटहरीमा विद्युत् स्कोरपिओ दुर्घटना, दुईको मृत्यु, एक घाइते
गृहमन्त्री अर्यालले नयाँ पुस्ताको भावनाअनुरूप काम गर्न कर्मचारीलाई निर्देशन
मुग्ला गाउँपालिका-५ पुलु बजारमा पहिरोले तीन वर्षीय बालकको मृत्यु, उद्धार कार्य जारी
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदमा याङ्की उक्यालाई नियुक्त गर्यो
प्रधानमन्त्री सुशीला कार्कीको सर्वदलीय बैठक सम्पन्न, तस्बिरमा हेर्नुहाेस्
ट्रेन्डिङ






