चितवनमा मतदाता सूचीबाट ३ हजार ३६२ जनाको नाम हटाइयो
- चितवन ।
- जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत चितवनका ३ हजार ३६२ जनाको नाम मतदाता सूचीबाट हटाएको छ।
चितवन । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत चितवनका ३ हजार ३६२ जनाको नाम मतदाता सूचीबाट हटाएको छ।
दोहोरो दर्ता भएका, मृत्यु भएका तथा नेपाली नागरिकता त्यागेका व्यक्तिको नाम सूचीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।
कार्कीका अनुसार आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो दर्ता भएको पुष्टि भएका १ हजार ९४३ जनाको नाम हटाइएको छ। त्यस्तै, भदौ १२ गतेसम्म मृत्यु दर्ता भएका १ हजार ३८० जना र नागरिकता त्यागेका ३९ जनाको नाम पनि सूचीबाट हटाइएको छ।
मृत्यु भएका व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालय वा परिवारले पेस गरेको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो। नागरिकता त्यागेका व्यक्तिको नाम भने जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको कार्कीले बताए।
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवनमा ४ लाख ४२ हजार ८२ मतदाता थिए। फागुन २१ गतेको मतदानपछि जिल्लामा १३ हजार १३४ जना मतदाता थपिएका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






