singel post top banner

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आश्विन २७, २०८३
40 Views
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
समाचार सारांश
  • बुटवल ।
  • बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट नरिश्वर शर्मा पौडेल अध्यक्षमा निर्वाचित भएका छन्।

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट नरिश्वर शर्मा पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई २३२ मतले पछि पारे।

पौडेलले ८३३ मत प्राप्त गर्दा गैरेले ६०१ मत पाए। संघका १ हजार ८११ मतदातामध्ये १ हजार ४६६ जनाले मतदान गरेका थिए। अध्यक्षमा निर्वाचित पौडेल यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए।

वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत पाए। उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठले ७१२ मत प्राप्त गर्दै विजय हासिल गरे भने निर्मित कसजूले ६९३ मत पाए।

वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी ७१९ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ७०० मत प्राप्त गरे। महासचिवमा बसन्त ढकाल ७१४ मतसहित विजयी भए भने जमुना पौडेलले ७०२ मत पाइन्।

कोषाध्यक्षमा टिकाराम बन्जाडे ७३८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी प्रतीक पोखरेलले ६७३ मत पाए। सचिवमा दिपकप्रसाद चापागाईंले ७५२ मत प्राप्त गर्दै विजय हासिल गरे भने काशिराम शर्मा पौडेलले ६८४ मत पाए। सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली ८६८ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी जाकिर हुसेनले ५४२ मत प्राप्त गरे।

एसोसिएट सदस्यमा बालकृष्ण पौडेल निर्वाचित भए। उद्योग सदस्यमा गोपाल टण्डन, लेखनाथ भण्डारी, सुनिता शर्मा बन्जाडे र ज्ञानबहादुर पुन विजयी भए। पुन र दीपक बास्तोलाले समान ६५६ मत पाएपछि गोलाप्रथाबाट पुनलाई विजेता घोषणा गरिएको थियो।

वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, रामबहादुर भण्डारी, सुनिता गिरी र उमेश अमात्य निर्वाचित भए। खुला सदस्यमा विजयकुमार वर्णवाल, विष्णु घिमिरे पन्थ, विष्णुप्रसाद उपाध्याय, दीपक घिमिरे, गोपालप्रसाद बस्याल र प्रदीप शाक्य विजयी भए। महिला सदस्यमा मन्जु पुरी गिरी र रेनु श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राष्ट्रिय सभामा आज मन्त्रालयगत छलफल, बजेट सम्बन्धी प्रश्नको जवाफ दिं‌दै
राष्ट्रिय सभामा आज मन्त्रालयगत छलफल, बजेट सम्बन्धी प्रश्नको जवाफ दिं‌दै
थानीमाई मन्दिरमा कात्तिक महिनामा फूलको डोली र भक्तजनको भक्तिपूर्वक दर्शनको परम्परा जारी
थानीमाई मन्दिरमा कात्तिक महिनामा फूलको डोली र भक्तजनको भक्तिपूर्वक दर्शनको परम्परा जारी
मोरङ रंगेलीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
मोरङ रंगेलीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ चितवनमा आयोजना हुने
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ चितवनमा आयोजना हुने
मधेश प्रदेश सरकारको बजेट भुक्तानी विवाद समाधान, निर्माण व्यवसायी र उपभोक्तालाई राहत
मधेश प्रदेश सरकारको बजेट भुक्तानी विवाद समाधान, निर्माण व्यवसायी र उपभोक्तालाई राहत
राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदानलाई गौरवसाथ स्मरण गर्दै
राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदानलाई गौरवसाथ स्मरण गर्दै
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
सिमरामा नेकपा एमाले र युवा समूहबीच झडप, विमानस्थल क्षेत्रमा तनाव उच्च
सिमरामा नेकपा एमाले र युवा समूहबीच झडप, विमानस्थल क्षेत्रमा तनाव उच्च
म्याग्दीमा विपद्पछिको पुनःस्थापनामा जुटे स्थानीय: सडक, विद्युत् र बस्ती मर्मतमा जनश्रमदान
म्याग्दीमा विपद्पछिको पुनःस्थापनामा जुटे स्थानीय: सडक, विद्युत् र बस्ती मर्मतमा जनश्रमदान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?