singel post top banner

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबले थाल्यो अनुसन्धान, खाडी क्षेत्रका उडान प्रभावित

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आश्विन २७, २०८३
43 Views
रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबले थाल्यो अनुसन्धान, खाडी क्षेत्रका उडान प्रभावित
समाचार सारांश
  • काठमाडौं ।
  • साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणबारे अनुसन्धान थालेको छ।

काठमाडौं । साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणबारे अनुसन्धान थालेको छ। हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले किन रोक्न सकेन र आक्रमणको पूर्वसूचना किन दिन सकेन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इरानसमर्थित हुथी विद्रोहीको आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको विवरणमा उल्लेख छ।

प्रारम्भिक अनुसन्धानअनुसार हुथीले पहिले धेरै ड्रोन प्रहार गरेका थिए। त्यसपछि क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। यमनबाट उडेका ड्रोन र क्षेप्यास्त्रले एक हजार किलोमिटरभन्दा बढी दूरी पार गर्दै रियाद विमानस्थललाई निशाना बनाएका थिए। एसोसिएटेड प्रेस (एपी) का अनुसार, आक्रमणको पूर्वसूचना हवाई प्रतिरक्षा प्रणालीले किन दिन सकेन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।

प्रारम्भिक विवरणले हुथी विद्रोहीसँग उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्ने वारहेडयुक्त क्षेप्यास्त्र र उन्नत हतियार प्रणाली रहेको संकेत गरेको छ। यस्ता हतियारले साउदी अरबले प्रयोग गर्ने प्याट्रियटलगायतका क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई चुनौती दिएको ठानिएको छ।

इत्तेहाद र कतार एयरवेजका उडान रद्द

साउदी अरबका विमानस्थलमा भएका आक्रमणपछि खाडी क्षेत्रको हवाई सेवा प्रभावित भएको छ। इत्तेहाद एयरवेज र कतार एयरवेजले साउदी अरबका विभिन्न सहर जाने तथा त्यहाँबाट फर्कने उडान रद्द वा स्थगित गरेका छन्।

इत्तेहाद एयरवेजले अबुधाबीबाट रियाद, दमाम र जेद्दाह जाने तथा ती सहरबाट फर्कने केही उडान रद्द गरेको जनाएको छ। कम्पनीको वेबसाइटअनुसार अबुधाबी–रियाद रुटका सबै उडान अक्टोबर १९ अर्थात् आगामी कात्तिक २ गतेसम्म रद्द गरिएका छन्।

अबुधाबी–दमाम रुटमा पनि उडान प्रभावित भएका छन्। सोमबारका केही उडान रद्द गरिएका छन् भने मंगलबार र बुधबारका सबै उडान स्थगित गरिएको कम्पनीले जनाएको छ।

कतार एयरवेजले रियाद र दमाम जाने तथा त्यहाँबाट फर्कने उडान अस्थायी रूपमा स्थगित गरेको छ। अक्टोबर १२ मा अद्यावधिक गरिएको सूचनामा कम्पनीले साउदी अरबको अवस्थालाई सम्बन्धित निकायसँग समन्वय गरी निगरानी गरिरहेको जनाएको छ।

प्रभावित यात्रुलाई वेबसाइट वा मोबाइल एपमार्फत उडानको अवस्था जाँच गर्न कम्पनीहरूले आग्रह गरेका छन्। उडानमा परिवर्तन भए यात्रुलाई प्रत्यक्ष जानकारी गराइने पनि उनीहरूले बताएका छन्।

रियादस्थित किङ खालिद र दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा पटक–पटक आक्रमण भएपछि हवाई सेवा प्रभावित भएको हो। आक्रमणपछि सुरक्षा अवस्था पुनः जाँच गर्न रियाद विमानस्थलको सञ्चालन शनिबारसम्म स्थगित गरिएको विवरणमा उल्लेख छ।

आक्रमणले हवाई सुरक्षाका कमजोरी उजागर

गत सातादेखि साउदी अरबका विभिन्न विमानस्थलमा भएका आक्रमणको शृंखलाले देशको हवाई सुरक्षा प्रणालीका कमजोरी उजागर गरेको छ। सात महिनाभन्दा लामो समयदेखि जारी अमेरिका–इजरायल र इरानबीचको युद्धसँग जोडिएको क्षेत्रीय द्वन्द्व थप फैलिने जोखिम पनि बढेको छ।

साउदी नेतृत्वको गठबन्धनले भने सोमबार हुथी विद्रोहीले रियादतर्फ प्रहार गरेका दुई ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै अवरोध गरी नष्ट गरेको जनाएको छ। सोमबार राति रियादमा कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएपछि नागरिक सुरक्षा अधिकारीहरूले तत्कालका लागि खतरा टरेको बताएका थिए।

हुथी विद्रोहीले किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाउनुका साथै मक्का र मदिनाका विमानस्थलबाहेक साउदी अरबका अन्य विमानस्थल असुरक्षित रहेको भन्दै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई चेतावनी दिएको बताइएको छ।

आक्रमणपछि रियाद विमानस्थल सोमबार पनि बन्द थियो। राजधानीको वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको थियो। यद्यपि, विश्व पेट्रोलियम ऊर्जा सम्मेलन दोस्रो दिन पनि सञ्चालन भएको थियो।

हुथीविरुद्ध अमेरिकी कारबाहीको सम्भावना

साउदी अरबले हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकाको थप प्रत्यक्ष सहयोग चाहेको छ। अमेरिकाले यसअघि साउदी नेतृत्वको सैन्य अभियानलाई गुप्तचर सूचना, लक्ष्य पहिचान र सैन्य योजना निर्माणमा सहयोग गर्दै आएको भए पनि हुथीविरुद्ध प्रत्यक्ष हवाई आक्रमण गरेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियाद विमानस्थलमा भएको घातक आक्रमणपछि हुथीविरुद्ध अमेरिकी सैन्य कारबाही गर्ने सम्भावनाबारे विचार गरिरहेको बताएका थिए। सोमबार साउदी युवराज मोहम्मद बिन सलमानसँग कुराकानी गरेको बताए पनि उनले त्यसबारे विस्तृत जानकारी दिएनन्। हुथीले ‘अत्यन्त खराब व्यवहार’ गरिरहेको टिप्पणी गर्दै साउदी अरबको रक्षाका लागि अमेरिका अघि सर्छ कि सर्दैन भन्ने प्रश्नमा उनले, ‘तपाईंहरूले चाँडै थाहा पाउनुहुनेछ,’ भनेका थिए।

अमेरिका प्रत्यक्ष रूपमा युद्धमा संलग्न भए हुथी विद्रोहीले लालसागरको दक्षिणी प्रवेशद्वारमा रहेको बाब अल–मन्देब जलडमरूमध्यबाट हुने समुद्री यातायात अवरुद्ध गर्न खोज्न सक्ने चिन्ता छ। त्यसो भए फारसको खाडीबाट बाहिरिने तेल आपूर्तिमा थप अवरोध आउन सक्छ।

यसअघि इरानले होर्मुज जलडमरूमध्यबाट हुने आवागमन प्रभावित पारेपछि मध्यपूर्वको तेल आपूर्ति जटिल बनेको छ। अमेरिका–इरान युद्ध सुरु हुनुअघि विश्वमा खपत हुने कुल तेलको करिब पाँच भागको एक भाग होर्मुज जलडमरूमध्य हुँदै ओसारपसार हुने गरेको थियो।

गत महिना हुथी विद्रोहीले बाब अल–मन्देब आसपासका महत्त्वपूर्ण क्षेत्र कब्जा गरेको बताइएको छ। अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारसमर्थक सेनालाई सहयोग गरिरहेको साउदी नेतृत्वको गठबन्धन ती क्षेत्र पुनः नियन्त्रणमा लिन प्रयासरत छ।

अमेरिकामा मध्यावधि निर्वाचन हुन केही सातामात्र बाँकी रहेका बेला यो द्वन्द्व ट्रम्प प्रशासनका लागि थप चुनौतीपूर्ण बनेको छ। इरानसँगको युद्धका कारण बढेको मुद्रास्फीति र इन्धनको महँगीले अमेरिकी जनतामा असन्तुष्टि बढाइरहेको छ। यस्तो अवस्थामा मध्यपूर्वमा थप अमेरिकी सैन्य संलग्नताले मतदाताको असन्तुष्टि अझ बढाउन सक्ने विश्लेषण गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सशस्त्र प्रहरी महानिरीक्षकको निर्वाचन सुरक्षा निर्देशन; निष्पक्ष र भयमुक्त चुनावको लागि कडा तयारी
सशस्त्र प्रहरी महानिरीक्षकको निर्वाचन सुरक्षा निर्देशन; निष्पक्ष र भयमुक्त चुनावको लागि कडा तयारी
मुख्यमन्त्री नियुक्ति विवादः सात दलको विरोध जारी, सांसदहरूले धर्ना र मुद्दाप्रति आक्रोश व्यक्त
मुख्यमन्त्री नियुक्ति विवादः सात दलको विरोध जारी, सांसदहरूले धर्ना र मुद्दाप्रति आक्रोश व्यक्त
सप्तरीको हनुमाननगर कंकालिनीबाट ३०२ किलो गाँजा सहित व्यक्तिसहित पक्राउ
सप्तरीको हनुमाननगर कंकालिनीबाट ३०२ किलो गाँजा सहित व्यक्तिसहित पक्राउ
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
सर्वोच्च अदालतको आदेश: सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई परमादेश
सर्वोच्च अदालतको आदेश: सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई परमादेश
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
मधेश प्रदेशसभाअघि सात दलका सांसदहरूको धर्ना र राजनीतिक विवाद
मधेश प्रदेशसभाअघि सात दलका सांसदहरूको धर्ना र राजनीतिक विवाद
मोरङको ग्रामथानमा महिलाको हत्या, देवर पक्राउ, थप अनुसन्धान जारी
मोरङको ग्रामथानमा महिलाको हत्या, देवर पक्राउ, थप अनुसन्धान जारी
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
singel sidbar banner
singel sidbar banner 2