चोलेन्द्रशमशेर जबरा पक्राउ प्रकरण: एसएसपी सन्तोष खड्कालाई मानव अधिकार आयोगले बोलायो
- काठमाडौं ।
- राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको घटनाबारे छलफल गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई बोलाएको छ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको घटनाबारे छलफल गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई बोलाएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा उपस्थित हुन भनिएको हो।
“आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफलका लागि उहाँलाई बोलाइएको हो,” पोखरेलले भने। जबराको पक्राउबारे अनुगमन गर्न आयोगको टोली आइतबार टेकुस्थित कार्यालय पुगेको थियो। तर, प्रहरीले करिब एक घण्टा कुराएपछि टोलीलाई गेटबाटै फर्काएको आयोगले जनाएको छ।
यस घटनाप्रति आयोगले आइतबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो। आयोगले घटनाबारे थप जानकारी लिन र अनुगमनमा अवरोध भएको विषयमा छलफल गर्न एसएसपी खड्कालाई बोलाएको हो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






