singel post top banner

बाढीपहिरोले सडक, पुल र खानेपानीमा ठूलो क्षति; जलविद्युत् आयोजनामा १ खर्ब ३४ अर्बको नोक्सानी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आश्विन १२, २०८३
49 Views
बाढीपहिरोले सडक, पुल र खानेपानीमा ठूलो क्षति; जलविद्युत् आयोजनामा १ खर्ब ३४ अर्बको नोक्सानी
समाचार सारांश
  • काठमाडौं ।
  • असोज ९ यता परेको अविरल वर्षा र बाढीपहिरोले देशभरका सडक, पुल, खानेपानी तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ।

काठमाडौं । असोज ९ यता परेको अविरल वर्षा र बाढीपहिरोले देशभरका सडक, पुल, खानेपानी तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीले ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन् भने आयोजनामा करिब १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको पोखरेबगर, बागलुङको मालढुंगा र तनहुँ–नवलपरासीको देदगाउँस्थित पुलका पहुँचमार्ग बगाएका छन्। कालीगण्डकीमाथिको एउटा पक्की पुलसमेत बाढीले बगाएको छ। कालीगण्डकी करिडोरका विभिन्न सडकखण्ड र डुम्रे–बेँसीसहर–चामे सडकमा पनि ठूलो क्षति पुगेको छ।

डुम्रे–बेँसीसहर–चामे सडकखण्डको लमजुङस्थित रामबजार–स्याङ्गे क्षेत्रमा मर्स्याङ्दी नदीले कटान गर्दा करिब ४० मिटर सडक भासिएको छ। मनाङको नासो–खोत्रोमा ढुंगासहितको पहिरोले सडक अवरुद्ध भएको छ भने नासो–बगरछापमा नदी कटानका कारण करिब ५० मिटर सडक भासिएको छ। चामेमा बाढीले तीनवटा अस्थायी काठे पुल बगाएको छ।

बाढी र पहिरोले काठमाडौं उपत्यका जोड्ने पृथ्वी, बीपी र कान्ति राजमार्गसहित जिल्लाका दर्जनभन्दा बढी सडकमा क्षति पुर्‍याएको छ। रुकुम पूर्वको नाथीगाड झोलुङ्गे पुल र बागलुङ–पर्वत जोड्ने जलजला–फोर्से झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तनहुँ, नवलपुर, स्याङ्जा, पाल्पा, पर्वत र म्याग्दीका अन्य झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको मन्त्रालयको प्रारम्भिक विवरण छ।

बाढीपहिरोबाट ३१ वटा खानेपानी आयोजना पनि प्रभावित भएका छन्। मन्त्रालयका अनुसार क्षतिग्रस्त सडक पुनः सञ्चालन गर्ने काम सुरु भइसकेको छ र विभिन्न खण्डमा मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। प्रभावित आयोजनामध्ये कालीगण्डकी जलविद्युत् आयोजना आजदेखि सञ्चालनमा ल्याउने योजना रहेको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आइतबार प्रभावित क्षेत्रका जनप्रतिनिधि र प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसँग छलफल गरेका थिए। छलफलमा बाढीबाट विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था गर्ने र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण तत्काल अघि बढाउने विषयमा कुराकानी भएको थियो।

मन्त्री लम्सालले क्षतिग्रस्त सडक, पुल, झोलुङ्गे पुल र खानेपानी आयोजनाको मूल्यांकन गरी बजेट व्यवस्थापन गर्ने तथा टेन्डर प्रक्रियामार्फत पुनर्निर्माण अघि बढाउने बताए। उनले असोजभित्रै पुनर्निर्माणको काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै स्थगित, माघ ९ मा पुनः बस्ने
राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै स्थगित, माघ ९ मा पुनः बस्ने
मौसम पूर्वानुमान: आज र भोलि देशभर सामान्य बदली, भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान: आज र भोलि देशभर सामान्य बदली, भारी वर्षाको सम्भावना
मंगलबारका विदेशी मुद्राको विनिमय दर
मंगलबारका विदेशी मुद्राको विनिमय दर
गृहमन्त्री गुरुङले भने, कानुनभन्दा माथि कोही छैन, ओली र लेखकलाई पक्राउ गर्नुभएको हो
गृहमन्त्री गुरुङले भने, कानुनभन्दा माथि कोही छैन, ओली र लेखकलाई पक्राउ गर्नुभएको हो
इराकको एरबिल विमानस्थल नजिकै ड्रोन आक्रमण, तनावपूर्ण परिस्थिति जारी
इराकको एरबिल विमानस्थल नजिकै ड्रोन आक्रमण, तनावपूर्ण परिस्थिति जारी
सुनको मूल्य नयाँ उच्चस्तरमा, तोलामा २ लाख ८२ हजार रुपैयाँ
सुनको मूल्य नयाँ उच्चस्तरमा, तोलामा २ लाख ८२ हजार रुपैयाँ
मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण; नागरिक र सञ्चारकर्मीहरूसँग संवाद
मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण; नागरिक र सञ्चारकर्मीहरूसँग संवाद
मोरङको ग्रामथानमा महिलाको हत्या, देवर पक्राउ, थप अनुसन्धान जारी
मोरङको ग्रामथानमा महिलाको हत्या, देवर पक्राउ, थप अनुसन्धान जारी
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?