singel post top banner

सांसद न्यौपानेले फोहोर व्यवस्थापनलाई जनस्वास्थ्य र वातावरण संरक्षणको आवश्यक कदम बताए

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन ८, २०८३
54 Views
सांसद न्यौपानेले फोहोर व्यवस्थापनलाई जनस्वास्थ्य र वातावरण संरक्षणको आवश्यक कदम बताए
समाचार सारांश
  • काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषय नभइ जनस्वास्थ्य, वातावरण संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्।
  • उनले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो बताएका हुन्।

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषय नभइ जनस्वास्थ्य, वातावरण संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्। उनले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो बताएका हुन्।

सांसद न्यौपानेले बढ्दो शहरीकरण र जनसंख्या वृद्धिसँगै फोहोरको मात्रा पनि बढिरहेको भए पनि त्यसअनुसार व्यवस्थापन प्रणाली प्रभावकारी नहुँदा समस्या थपिएको बताए। उनले जथाभावी फालिएको फोहोरले मानव स्वास्थ्य, खानेपानीका स्रोत, वातावरण र प्राकृतिक सम्पदामा नकारात्मक असर पारिरहेको उल्लेख गरे।

उनले स्रोतबाटै फोहोर छुट्याउने, पुनः प्रयोग गर्ने र वैज्ञानिक व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

“हामी नीति निर्माणमा जति सक्रिय छौं, कार्यान्वयनमा त्यति नै प्रभावकारी हुन आवश्यक छ,” सांसद न्यौपानेले भने। उनले विधेयकको कार्यान्वयन र व्यवहारिक परिणामलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने सुझाव दिए। प्रस्तावित विधेयकमा पुरस्कार र जरिवानासहित दण्डको व्यवस्था रहेको सकारात्मक पक्ष रहेको उल्लेख गर्दै उनले जरिवाना प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

सांसद न्यौपानेले परम्परागत रूपमा फोहोर थुपार्ने प्रणालीबाट बाहिर निस्केर आधुनिक प्रविधिमा आधारित स्यानिटरी ल्याण्डफिल साइट, फोहोर प्रशोधन केन्द्र, कम्पोस्ट प्लान्ट, बायोग्यास प्लान्ट, ऊर्जा उत्पादन, ढल व्यवस्थापन र डिजिटल व्यवस्थापन प्रणालीको विकास गर्नुपर्ने बताए।

उहाँले स्थानीय तहलाई फोहोर सङ्कलन, प्रशोधन, ऊर्जा उत्पादन, ल्याण्डफिल साइट र आवश्यक पूर्वाधार व्यवस्थापनको जिम्मेवारी दिइएको उल्लेख गर्दै सरकार मात्र नभई नागरिक, समुदाय, निजी क्षेत्र र सहकारी सबैको सहकार्य आवश्यक रहेको बताए।

अन्ततः, उनले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने, सार्वजनिक स्थानमा फोहोर नफाल्ने, प्लास्टिकको प्रयोग घटाउने र सरसफाइलाई संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज विश्व क्षयरोग दिवस
आज विश्व क्षयरोग दिवस
अटिजम भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिँदै राष्ट्रिय कार्यदल गठन हुने
अटिजम भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिँदै राष्ट्रिय कार्यदल गठन हुने
बाराका बालिका गरिमा चौधरीको घटनामा संलग्न: किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
बाराका बालिका गरिमा चौधरीको घटनामा संलग्न: किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
सिरहा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कडाइ, १५.५ लाख रुपैयाँको अवैध सामान जफत
सिरहा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कडाइ, १५.५ लाख रुपैयाँको अवैध सामान जफत
“हिन्दू राष्ट्र” अभिव्यक्तिपछि तनाव, आक्रमणको आरोप (भिडियो सहित)
“हिन्दू राष्ट्र” अभिव्यक्तिपछि तनाव, आक्रमणको आरोप (भिडियो सहित)
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
तिला गाउँपालिकाको जलविद्युत् आयोजना बन्द, उपकरण प्रयोगविहीन भएर लाखौँको क्षति
सप्तरीको राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन र तनाव; आत्मदाहको प्रयास
सप्तरीको राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन र तनाव; आत्मदाहको प्रयास
देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोको उच्च जोखिम, सतर्कता आवश्यक
देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोको उच्च जोखिम, सतर्कता आवश्यक
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?